नक्सालमा होटलले जग खन्दा बाटो मात्रै भासिएन स्थानीयको घर समेत चर्कन थाल्यो !

नक्सालमा होटलले जग खन्दा बाटो मात्रै भासिएन स्थानीयको घर समेत चर्कन थाल्यो !

संसदीय समितिमा छलफल

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, २८ माघ । नक्सालमा जगदम्बा हस्पिटालिटीले निर्माण थालनी गरेको ‘ट्री हिल्टन होटल’को जग खन्ने क्रममा स्थानीयलाई परेको प्रभावका विषयमा आज संसदमै छलफल भएको छ ।
नक्साल भगवती मन्दिर नजिक होटल निर्माणको क्रममा जग खन्दा बाटो भासिए पछि स्थानीय पीडित बनेका छन् । सवारी साधन बाटोमा चल्न नपाए पछि त्यस भित्र पर्ने सर्वसाधारण र विभिन्न कार्यलय स्थापना गरेका कार्यलयका कामहरु प्रभावित भएका छन् । संसद्को शुशासन तथा अनुगमन समितिमा जग खन्ने क्रममा पहिले सडक भासियो, अहिले स्थानीयका घर चर्किन थालेको छ ।
जमिन सतह गहिरो बनाउनु नियति हो कि भवितव्य, आफूलाई चाहिने जग्गा सहजै प्राप्त गर्न नसकेपछि, होटलले जानीजानी खाडल गहिरो बनाएको आरोप स्थानीयले लगाएका छन् । प्राविधिक र अनुगमनको जिम्मेवारी पाएका निकायले उत्तर दिनुप¥यो, बैठकमा सांसद्को माग थियो ।


माग गर्ने संसदहरुमा  उदय नेपाली श्रेष्ठ, अकबर शाह, जनकराज जोशी, मिलन राजवंशी लगायत हुनुहुन्थ्यो । बैठकमा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले यसप्रकारको घटना पहिलो नभएको जनाउँदै भवन ऐन संशोधन आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।
बैठकमा उपत्यका विकास प्राधिकरणका आयुक्त डा भाइकाजी तिवारीले होटललाई वेसमेन्टमा दुई तलाको प्रारम्भिक स्वीकृति दिएको बताउनु भयो । काठमाडौँ महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले होटलले भवन निर्माण अनुमति लिन अन्य निकायको सिफारिसमा दिएको निवेदनका विषयमा सार्वजनिक सूचना प्रकाशित गर्दा गुनासो नआएको, मुचुल्का उठाउँदा संधीयारबाट हुन्न नभनेकाले स्वीकृति दिएको जनाउँदै, स्थानीय मर्का व्यवस्थापन गर्न आफू तत्पर रहेको बताउनु भयो । उठेका सवालमाथि जवाफ दिने क्रममा सडक विभागका उपनिर्देशक रवीन्द्रनाथ श्रेष्ठले डिजाइन त्रुटिकै कारण समस्या आएको बताउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ