ट्रम्प प्रशासनले नेपाली लखेट्छ भन्ने कुरा भ्रामक

ट्रम्प प्रशासनले नेपाली लखेट्छ भन्ने कुरा भ्रामक

  • बिहिबार, माघ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

कोलोराडो माघ २७ । जनवरी २० बाट कार्यकाल सम्हालेका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुमाथि निगरानी गर्ने जस्ता कुरा गरे पनि केही अनलाईन मिडियाले नेपालीलाई खेद्ने भनेर समाचार छापिरहेका बेला अमेरीकामा बसोबास गरीरहेका नेपालीले भने त्यो सत्य नभएको बताएका छन् ।
कोलोराडोमा बस्दै आएका सोलुखुम्बुका गौतम सागर राईले मिर्मिरेसगँ कुरा गर्दे राष्ट्रपति ट्रम्पले नेपाल र नेपालीको विषयमा कुनै शब्द अहिले सम्म ननिकालेको र कानुन कडा बनाउने कुरा मात्र गरेको तर यसलाई तोडमोड गरेर नेपालीहरु लाई भ्रम पर्ने गरी समाचार आएको बताए ।
गौतम सागर  राई अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव रहेका छन् ।
भावी दिनमा अमेरीकी प्रशासनले बनाउने कानुन मान्नु पर्ने भए पनि कानुनी प्रकृया पूरा गरेर बसेका नेपालीहरुले चिन्ता गर्ने अवस्था नरहेको राईले बताए ।
उनले कागज पत्र पूरा गरेर बसेका नेपालीहरु निश्चिन्त भएर बस्न आग्रह पनि गरे ।
७ वटा मुस्लिम देशका नागरिकलाई ९० दिन सम्म भिसा नदिने भनेको भए पनि सबैलाई प्रतिवन्ध जस्तो समाचार आईरहेकाले भ्रमित नहुने उनले आग्रह गरे ।
पछिल्लो समय ट्रम्प आए पछि डिभि क्यान्सील हुने, ग्रिन कार्ड होल्डरलाई समेत छानविने गर्ने जस्ता समाचार आउन थाले पछि नेपालीहरु चिन्तित भएको भनिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी