युएईमा ९ सय ३७ नेपाली सहित २ हजार विदेशी सुरक्षा गार्डको करार रद्ध

युएईमा ९ सय ३७ नेपाली सहित २ हजार विदेशी सुरक्षा गार्डको करार रद्ध

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

माघ २६ युएइ । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित हिमाया सेक्युरिटी सर्भिसले २ हजार १० जना विदेशी सुरक्षा गार्डको करारपत्र रद्द गरेको छ । त्यसमा ९ सय ३७ नेपाली परेका छन् । हिमायाले आफ्नो व्यवस्थापनलाई पुन:संरचना गर्न लागेको भन्दै ती सुरक्षा गार्डसँग गरिएको करार सेवा रद्द गरेको जनाएको छ । रद्द भएका सुरक्षा गार्डहरुको सेवा अवधि अप्रिल १ देखि सकिनेछ । कम्पनीले रद्दमा परेका सबै सुरक्षागार्डलाई सूचना दिइसकेको छ । करार सेवा रद्दमा परेका कामदार भने चिन्तित छन् ।

‘तीनवर्षे करार अवधि सकिएकाले नथपेको हामीलाई भन्यो’, बुटवलका कुमार सापकोटाले भने,‘नयाँ कामदार ल्याउन भन्दा हामीलाई नै मौका दिन अनुरोध गरेका छौं ।’ हिमायाले नयाँ सम्झौता गरेका १ सय २४ जना नेपाली सुरक्षा गार्डलाई समेत काम दिएको छैन ।

हिमायाको व्यवस्थापनले नेपाली दुताबासका अधिकारीहरुलाई पुराना सुरक्षाकर्मीको पनि करार अवधि रद्द गरेको जानकारी दिएको छ । हिमायामा झन्डै ८ हजार सुरक्षाकर्मी कार्यरत छन् । त्यसमा झन्डै ३ हजार नेपाली सुरक्षा गार्ड काम गर्छन् ।

हिमायामा सबभन्दा बढी एसआरएस म्यानपावरमार्फत कामदार गएका थिए । दलालले अवैध बाटो प्रयोग गरी त्यस कम्पनीमा कामदार लगेका छन् । नेपाली दुताबासले हिमायाको व्यवस्थापनलाई भेटेर नयाँ सम्झौता गरेका कामदारलाई स्वदेश नपठाउन अनुरोध गरेको छ ।

दुताबासले जर्बजस्ती सम्झौता तोडेर फर्काएको खण्डमा भविष्यमा हिमायालाई थप सुुरक्षाकर्मी नदिने चेतवानी दिएको छ । हिमायाले पुरुष सुरक्षागार्डलाई ४ हजार दिराम (एक लाख २० हजार रुपैयाँ) र महिला सुरक्षा गार्डलाई ३५ सय दिराम (एक लाख ५ हजार रुपैया) तलब दिंदै आएको छ । आकर्षक तलब तथा सेवा सुविधा भएकाले म्यानपावर कम्पनीले कामदारसँग ८ लाख रुपैया असुल गरी पठाउने गरेको थियो ।

‘हामीले उच्च तालिम दिएर सुरक्षागार्ड उपलब्ध गराउदै आएको थियौं । ती सुरक्षा गार्डले युएईको मन्त्रालय, सरकारी कार्यालय, दुताबास, ठुला ठुला कम्पनी तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमको सुरक्षा प्रदान गर्दै आइरहेका छौं’ हिमायाका कार्यकारी निर्देशक अहमद मोहम्मद अलहन्तोबाले आफ्नो वेबसाइटमा भनेका छन्!

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी