माघ २३ काठमाण्डौं । राजधानी उपत्यकामा बस्नै लाखौं मानिसका लागि पानी सबै भन्दा ठूलो दुखःको विषय पनि हो । कतिपय ठाउमा बोरीगको पानी समेत नआउदा हैरानी हुन्छ । कति ईलाकामा त पिउने पानी धारामा आउदै आउदैन । तर एउटै आशा मेलम्चीले जनता प्रतिक्षामा छन् ।
तर यसरी पानी घरसम्म नआउनुको कारण मध्य एउटा चुहावट पनि हो । काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले वितरण गर्ने पानी मध्य २० प्रतिशत भन्दा बढी चुहावट हुने गरेको बताईदै आएको छ । राणाकालदेखि जोडिएका पाईप पुरानो भएको , फुटेका कारण पानी वितरण गर्ने लाईनमा ठाँउ ठाँउमा पानी चुहिएर सडकमा बगिरहेको हुन्छ । कतिपय ठाउमा ढलमा समेत मिसिने गरेको छ ।

यो तस्वीर तथा भिडियो हामीले मैतीदेवी चोकमा शनिबार पानी बगिरहेको अवस्थामा क्याप्चर गरेका थियौं । पुलिसबिटबाट सेतोपुल जानेतर्फ करीब सय मिटर नजिक सडक किनारमा यति ठूलो पानी बगिरहेको छ । तर त्यही मैतीदेवी आसपासमा मानिस पानी आयो अहिले गै हाल्छ भन्दै जार र गिलेन भर्न व्यस्त देखिन्थे । यो चुहावट नियन्त्रण गर्ने हो भने पानीको समस्या केही मात्रामा भए पनि समाधान हुने थियो कि ? ध्यान कसले देला ?