माघ २२ काठमाण्डौं । राजधानीमा महल, बंगला बनाउने देखि साना सुन्दर घर बनाएर बस्नेहरुको संख्या ठूलो छ । हरेक मानिसको चाहना एउटा सुन्दर घर, बंगैचा, छेउमा कालो पत्रे सडक होस् भन्ने चाहना छ ।
ठूला घर बनाएर भाडामा लगाएर वा भाडामा बसेर व्यापार गरी मनग्गे पैसा कमाउनेहरुको कमी पनि छैन । तर त्यस्तै सडक किनारामा , घरको आगनमा फोहोर फ्याक्ने पनि तिनै सुख चाहने मनोविज्ञान भएका मानिसहरु छन् ।
अझ रातिको समयमा फोहोर लगेर फुत्त बाटोमा फ्याकेर घरमा आएर सुत्ने मानिसहरुको संख्या पनि कम छैन ।
माथि देखिएको फोहोरको तस्वीर मैदीदेवी चोकको हो । जहा फोहोर फ्याक्न मनाही सहितको सूचनामा फ्याकेको पाईएमा ५ हजार देखि २५ हजार सम्म जरीवाना गरिने भनिएको छ । तर त्यसैको छेउमा झिगा भन्किरहेको अवस्थामा यत्रो डंगुर फोहोर भेटियो शनिबार ।

महानगरपालिकाको गाडी आईतबार मात्रै आउने भएकाले शुक्रबार राति देखि फ्याकिएका ती फोहोरहरु शनिबार दिनभर गन्ध सहित थुप्रिरहेको थियो ।
त्यसैले ठाउ ठाृउमा फोहोर फ्याक्न मनाही छ , यदी फ्याकिएमा लाख रुपैया सम्मको जरीवानाको सूचना पनि टासिएका छन् तर खै मान्छेले त्यही सूचना टासेको ठाउँ छेउमै फोहोरको डंगुर थुपारेका छन् । यसले वातावरण र सरसफाई सम्बन्धि उपत्यकाबासीको चेतना र सभ्यतामाथि नै प्रश्न गरीरहेको छ ख्याल गरौं , तपाईले फ्याकेको फोहोरले अरुलाई मात्र हैन स्वयं तपाईलाई पनि हानी पुर्याईरहेको हुन्छ ।

