आप्रवासीमाथि निगरानी गर्ने ट्रम्पको आदेश पछि त्रसित हुन थाले नेपालीहरु !

आप्रवासीमाथि निगरानी गर्ने ट्रम्पको आदेश पछि त्रसित हुन थाले नेपालीहरु !

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

युएसए माघ १९ । अमेरीकामा जनवरी २० देखि कार्यभार सम्हालेका राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी घोषणा अनुसार नै आफ्नो कदम चाल्दै जाने क्रममा गैर कानुनी आप्रवासी माथि कडा निगरानी शुरु गर्न निर्देशन दिए पछि त्याहा रहेका नेपाली समेत आतकित हुन थालेका छन् ।
आवस्यक कागजात भएका र नभएका दुबै खाले नेपालीले के भएको हो ? के गर्दा ठीक हुन्छ भन्दै नेपाली दुतावासमा दिनहु फोन गर्न थालेको दुतावास स्रोतले जनाएको छ ।
कागज पत्र पत्र बोकेका र ग्रिन कार्ड पाएकालाई समेत कसरी ग्रिन कार्ड पाएको हो छानविन गर्नु भन्ने ट्रम्पको निर्देशन छ ।
कागजी प्रकृया पूरा नगरेकालाई तत्कालै पक्राउ गर्ने प्रशासनको तयारी देखिए पछि पासपोर्ट र भिसा प्रकृया पूरा नभएका नेपालीहरु बढी त्रसित देखिएका छन् ।
साथै अन्य एशियाली तथा अफ्रीकी र खाडी राष्ट्रका नागरिक पनि आतंकित हुन थालेको बताईएको छ ।
सन् १९४० देखि नै नेपालीहरु गैरकानुनी रुपमा अमेरीका जान थालेको तर पछि सन् १९४७ मा अमेरीकाले नेपालसगँ सम्बन्ध बिस्तार शुरु गरेको थियो ।
१९४८ मा कुटनीतिक सम्बन्ध स्थापना भएको अमेरीकाले नेपाली आप्रवासीलाई सन् १९५७ पछि मान्यता दिन शुरु गरेको थियो ।
सन् २०१२ को तथ्यांक अनुसार ५९ हजार ४ सय ९० नेपाली अमेरीकामा थिए । त्यस बाहेक गैरकानुनी रुपमा बसेका अन्य हजारौ नेपाली रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी