कम्पनीले होस्टेल बाट निकालिदियो,भिजा छैन १७ नेपाली युएइमा अलपत्र

कम्पनीले होस्टेल बाट निकालिदियो,भिजा छैन १७ नेपाली युएइमा अलपत्र

  • बिहिबार, माघ १३, २०७३
  • सुसान आचार्य

  • 7.7K
    SHARES

युएइ ।

रोजगारीको सिलसिलामा सयुक्त अरब इमिरेट्स (युएइ)आयका १७ नेपाली यतिखेर अलपत्र परेका छन । दुई बर्स अघि युएइको अबुधाबी राज्य स्थित मुसफा ३६ नम्बर मा रहेको मिरामाइड क्याटरिङ सर्भिस नामक कम्पनीमा काम गर्न आयका उनीहरु लाई कम्पनीले भिजा नलगाई दिय पछी यतिखेर अबैधानिक बनेका छन।

काठमाडौको बसुन्धारा स्थित क्यापिटल रिक्युमेन्ट प्राली बाट युएइ आइपुगेका उनिहरुलाइ कम्पनीले पहिलो सम्झौता अनुसार दुई बर्स सम्म सबै सेवा सुबिधा राम्रो दिय पनि अहिले कम्पनी डाउन हुँदै गयको र भिजा लगाइ दिने भन्दै राखेका कसैलाई पनि भिजा लगाउन नसके सङ्गै बिगत सात महिना देखि आफुहरु अबैधानिक भै बस्नु परेको जानकारी इलामका सुबास पौडेलले दियका छन।

उनका अनुसार सुरुमा घर जान खोज्दा कम्पनीले दुई बर्स काम गरेर जान भनी राख्य पनि अहिले कसैको पनि भिजा लगाउन सकेको छैन ।बस्दै आयको कम्पनी होस्टेल को भाडा समेत तिर्न नसके पछी त्यहा बाट निकाली दियको र कम्पनीको अफिस बाहिर खुल्ला ठाउमा बिना पानी ,बिना बत्ती ,बस्नु परेको हुदा निक्कै पीडा भएको बतायका छन ।

झन्डै सात महिना देखि बिना भिजा अबैधानिक रूपमा कम्पनीले राखेको र अहिले कम्पनीले जरिवाना तिर्न नमाने पछि नेपाल फर्कन समेत समस्या भएको जानकारी अबुधाबी स्थित नेपाली दूतावासलाई गराय पनि दूतावासले कुनै चासो नदियको हुदा आफुहरु निक्कै ठुलो समस्यामा रहेको पौडेल को भनाइ छ ।

यसरी अलपत्र पर्नमा ,झापाका विश्व ढकाल ,कन्यान साह ,अन्कित खड्का मोरङका, काली बाहादुर भट्टराई ,झापाकै मनोज न्यौपाने ,बुटवलका लक्ष्मण गिरि ,नवलपरासीका ,राजाराम सिलवाल ,ललितपुर इमाडोलका,प्रेम लाल गिरि ,कपिलवस्तुका ,दिपक घले ,नुवाकोटका मदन तामाङ ,कृष्ण थापा नवलपरासीकै सुर्य जिसि ,पाल्पाका पुष्कर श्रेष्ठ ,मोरङकै सुबास पौडेल ,इलामका ,सबिन कोइराला ,सुनसरीका ज्ञानेन्द्र तथा लमजुङका कन्यान रहेको जानकारी दियका छन ।

बितत दुई महिना देखि तलब समेत नदियको हुदा साथमा खाना खाने पैसा समेत नभएको र नेपाल फर्कन जरिवाना तिर्न नसक्ने भयको हुदा संबंधित निकाय बाट पहल गरि आफुहरुलाइ उद्दार गरिदिन पौडेलले सबैमा अनुरोध गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी