एजेन्सी माघ ८ । भारतको लुधियानामा एक १६ वर्षे युवाले ९ वर्षका बच्चालाई बाथ रुममा काटेर उनको रगत पिएका छन् भने शरीर ६ टुक्रा पारेर केही मासु चपाएर खाएका छन् । साथै उनको मुटु निकालेर स्कुलको नालीमा फ्याकी दिएका छन् ।
गत सोमबार दिपु नामका आप्रवासी कामदारका छोरा वेपत्ता भएका थिए । मंगलबार उनलाई मारेर ६ टुक्रा पारी डुग्री ईलाकामा फ्याकिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
प्रहरीले सिसिटिभी फुटेजका आधारमा प्रहरीले १६ वर्षे कक्षा ८ मा पढ्ने युवालाई पक्राउ गरेको छ । उनले प्रहरीलाई दिएको बयान अनुसार सोमबार १ बजेर ४० मिनेटमा दिपुलाई घरमा चंगा दिने भन्दै बोलाएका थिए । जतिखेर उनका बाबुआमा काममा गएका थिए । दिपु घरमा आए पछि उनले बाथरुममा पसेर लुगा खोल्न लगाए । त्यस पछि धारिलो चक्कुले हानेर टुक्रयाए । त्यस पछि प्लास्टीकको झोलामा हालेर साईकलमा हाली नालीमा लगेर फ्याकेका थिए ।
त्यतिखेर पनि उनले दिपुको मुटु झिकेर स्कुल भित्र फ्याकेका थिए । उनलाई आफू पढ्ने स्कुलका शिक्षकहरु मन नपरेको पनि बताएका छन् । प्रहरीले पानीको टैंकीबाट दिपुको मुटु निकालेको थियो । ती हत्यारा किशोरले आफू काचो कुखुरा खान मन लाग्ने गरेको बताएका छन् । अहिले उनलाई मेडिकल तथा मनोवैज्ञानिक जाच गर्न अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।