विश्वका आधा जनताको सम्पति ८ व्याक्तिको नाममा ! धनी र गरिबबीचको डरलाग्दो खाडल

विश्वका आधा जनताको सम्पति ८ व्याक्तिको नाममा ! धनी र गरिबबीचको डरलाग्दो खाडल

  • सोमवार, माघ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी , ३ माघ ।

विश्वका ३ अर्ब ६० करोड जनताको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको अक्सफामले जनाएको छ ।
डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटनको एक दिन अगाडि आज अक्सफामले विश्वको आधा सम्पती आठ व्यात्तिको स्वामित्वमा रहेको र यस्तो असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखिएको जनाएको हो ।

विश्वका सबैभन्दा गरिब ३ दशमलभ ६ अर्ब जनताको सम्पत्ति अमेरिकाका ६ जना व्यात्तिसँग रहेको छ भने स्पेनका एक तथा मेक्सिकोको एक व्यापारिसँग रहेको छ ।

ती व्यात्तिहरुमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स, फेसबुकका संस्थापक मार्क जुकरबर्ग , अमेजनका संस्थापक जेफ बिजस , एमैन्सियो आँर्टेगा , वारन वफेट , कार्लोस स्लिम , लैरि एलिसन र माईकल ब्लुमबर्ग रहेका छन् ।

अक्सफामले धनी मुलुकका जनताले वर्तमान अवस्थामा चित्त बुझाउन छोडेको र विश्वभर धनी र गरिबबीच ठूलो भिन्नता देखाएको जनाएको छ ।
अक्सफामले प्रकाशन गरेको नयाँ प्रतिवेदन ‘एन इकोनोमी फर द नाइन्टिनाइन परसेन्ट’’ मा युरोपेली युनियनबाट बेलायतको पलायन तथा अमेरिकामा डोनाल्ड ट्रम्पको अभियान जातिवादको डरलाग्दो वृद्धि भएको उल्लेख छ ।

डाभोसमा भोलीदेखि सुरु हुने ‘‘उत्तरदायी तथा जिम्मेवार नेतृत्व’’ सम्बन्धी बैठकमा विश्वका राजनीतिक तथा व्यापारका सम्भ्रान्त व्यक्तित्वहरूको सहभागीता हुनेछ । शुक्रबारसम्म चल्ने बैठकमा असमानताका विषयमा त्यस छलफल हुनेछ ।
विश्व आर्थिक मञ्चको यस वार्षिक बैठकमा करिब तीन हजार व्यक्तिले भाग लिनेछन् ।

अक्सफामले आफ्नो प्रतिवेदनमा धनी व्यक्ति तथा संस्थालाई लक्ष्य गरी करको दर बढाउन तथा संस्थागत कर घटाउन मुलुकबीच प्रतिस्पर्धा हुन नदिन विश्वव्यापी सम्झौता गर्न आह्वान गरेको छ ।

संस्था तथा व्यापार र राजनीतिसँग नजिकमा रहनेको प्रभाव पार्ने प्रयासको आलोचना गर्दै यस संस्थाले आधिकारिक सार्वजनिक प्रभाव तथा अभिरुचिबीच द्वन्द्वविरुद्ध कडा कानुन हुनुपर्नेमा जोड दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी