बंगुर व्यवसायको आम्दानी बाट जीवन गुजार्दै मैनाली परिवार !

बंगुर व्यवसायको आम्दानी बाट जीवन गुजार्दै मैनाली परिवार !

  • बिहिबार, पुस २८, २०७३
  • रुद्र बहादुर खड्का/सन्तोष भण्डारी

  • 8.6K
    SHARES

सिन्धुली पुष २८ । हाम्रो समाजमा धेरै यस्ता घटना पनि घटेका छन् जसका कारण धेरै महिला हरु समस्या मा परेका छन् कतिपयले समस्याका कारण महिला को ज्यान समेत गएको घटना देख्न सुन्न पाइन्छतर आत्माविश्वास र निरन्तर परिश्रम गर्यो भने जीवन सहज बनाउन सकिन्छभन्ने कुरा सिन्धुली कि हिरा मैनालीको जीवन बाटसिक्न सकिन्छ ।

झाँगाझोली रातमाटा सिन्धुली मा गरिब परिवारमा जन्मेकि हिरा मैनालीको परिवारको आर्थिक अवस्था निकै दयानीय थियो । उनको बाल्यकाल अत्यन्तै कष्टकर रहेको थियो जसका कारण उनको परिवारलाई विहान बेलुका छाक टार्न पनि हम्मे हम्मे पर्थो उनका बाबा आमा अर्काको घरमा काम गर्न जानु हुन्थ्यो । हिरा ६ वर्षकी हुँदा उनका बाबाको निधन भएपछि परिवार झन् समस्यामा पर्यो । उनकि आमाले जसोतसो कक्षा २ सम्मपढाउनुभयो तर त्यसपछि भनेउनले पढ्ने मौका पाइनन् ।

उनको १९ बर्षको उमेरमा विवाह काभ्रे जिल्लामा भयो तर विवाहपछिको उनको जीवन झन् कष्टकर भयो । दाईजो नल्याएको निहुमा उनले पटक–पटक मानसिक यातना भोग्नुपर्यो । उनलाइ घरबाटै निकाल्न खोजियो । त्यसैले उनी परिवार छाडी माइतीमा नै बस्न थालीन । २०६८ सालमास्वालम्बी नवदुर्गा महिला समूह स्थापना भयो जसमा उनिआवद्ध भइन । मासिक रु ५० बचत गर्दै आइनर व्यवसाय सिप विकास तालिममा सहभागि हुने मौका पाइन । तालिमबाट उनले व्यवसाय गर्ने विषयमा धेरै जानकारी लिइन ।

तालिम पछि दिपमाला महिला बचत सहकारीबाट दश हजार ऋण लिएर बंगुरपालन व्यवसाय सुरु गरिन । व्यवसाय सुरु गरेको ९ महिनामा सबै ऋण तिरिनर केहि नाफा समेतत आम्दानै गरिन । हाल उनी बंगुरपालनको अलबा किराना पसल पनि सुरु गरिसकेकिछिन् । उनी बताउछिन बंगुरपालन व्यवसायबाट बार्षिक रु एक लाख र किराना पसलबाट मासिक बीस हजार आम्दानी हुने गर्दछ ।

सानै उमेरमा बाबा गुमाइन, स्कुल पढ्नवाट बन्चित भइन, विवाह पछि घरबाट निकालिइन । यति धेरै दुख का साथ पनि उनले हरेस खाइनन . निरन्तर प्रयाश गरिरहिन जसका कारा अहिले उनि एक सफल ब्यवासायी बनेकी छिन . उनको आत्मा विश्वास र हरदम परिश्रम का कारणले उनि अहिले सफल भएकी छिन . उनि बताउछिन अहिले अर्काको बनीवुतो गर्न जानु पनि पर्दैन् । ७० वर्षीय वृद्ध आमाको पनि राम्रो हेरविचार गरेकी छु ।

हिरा मैनालीले जस्ता समस्या धेरै महिला हरु हाम्रो समाजमा भोगिरहेका छन् तर पनि उनले जस्तै आत्माविश्वास का साथ् निरन्तर प्रयाश र परिश्रम गर्ने हो भने जीवन लाइ सहज बनाएर अगाडी बढ्न सकिने रहेछ भन्ने कुरा हिरा को जिवनी बाट पाठ सिक्न जरुरि छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ