सरकार रुग्ण उद्योगलाई पुनःस्थापना गर्ने तयारीमा लागेको छ : प्रधानमन्त्री

सरकार रुग्ण उद्योगलाई पुनःस्थापना गर्ने तयारीमा लागेको छ : प्रधानमन्त्री

  • बुधबार, पुस २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ २७ पौष ।  

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी आवश्यक भएको बताउनु भएको छ । उहाँले त्रिदेशीय साझेदारी कायम गर्नसके त्यसको सबैभन्दा बढी फाइदा नेपाललाई हुने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सको ६६ औँ वार्षिक साधारण सभालाई आज राजधानीमा सम्बोधन गर्दै उहाँले रुग्ण उद्योगलाई पुनःस्थापना गर्ने तयारीमा सरकार लागेको जानकारी गराउनु भयो ।

वित्तीय क्षेत्रलाई सुदृढ बनाउन हालै बंैक तथा वित्तीय संस्था सम्बन्धी ऐन पारित एको जानकारी गराउदै उहाँले नयाँ खुल्ने उद्योगलाई विद्युत् आपूर्ति गर्न सरकारले सहयोग गर्ने बताउनु भयो ।

हवाई, रेल र सडक यातायात सम्पर्कबाट त्रिदेशीय व्यापारिक साझेदारिता बढाउने उद्देश्यअनुरुप उत्तर–दक्षिण मार्ग निर्माणमा जोड दिइएको उहाँले बताउनुभयो ।

उहाले सामाजिक न्यायसहितको आर्थिक विकास अहिले जनताको चाहना भएको उहाँले बताउनुभयो । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले विद्युत् उत्पादन बढाएर पेट्रोलियम पदार्थको आयात घटाउनुपर्ने सुझाव दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी