काठमाडौं, पुस २५,
पहिलो पटक खाना पकाउने एलपी ग्यास ढुवानीका लागि नेपाली ग्यास बुुलेट भित्रिएका छन् । लामो समयदेखि वीरगन्ज भन्सारमा रोकिएका दुईवटा बुलेट गएराति नेपाल भित्रिएका हुन् ।
७ सय ७५ वटा बुलेट ल्याउन नेपाल आय निगमले अनुमति दिए सँगै निजी उद्योगीले आफ्नै लगानीमा बुलेट ल्याएका हुन् । भारतमा केही बुलेट निर्माणको क्रममा रहेको र केही बनाईसकेकाले अब क्रमशः नेपाल ल्याइने आपूर्ति मन्त्रालयका सहसचिव सूर्य श्रेष्ठले जानकारी दिनु भयो ।
नेपाली बुलेटले ग्यास ढुवानी गर्न थालेपछि ग्यास ढुवानीमा भारतीय उद्योगीको एकाधिकार अन्त्य हुनेछ । यसअघि मासिक सरदर ४ सय ५० वटा भारतीय बुलेट मार्फत ग्यास आयात हुदै आएको थियो ।
एक बुलेटले एक पटकमा १८ सय टन ग्यास ढुवानी गर्न सक्ने छ । एउटा बुलेटले महिनामा तीन पटक सम्म ग्यास ढुवानी गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।