काठमाडौ २२ पौष ।
भारतीय अभिनेता ओम पुरीको निधन ६६ वर्षको उमेरमा निधन भएको छ । बोल्ड अवाजका कारण बलिउडमा चर्चित पुरीको हृदयघातका कारण आज बिहान निधन भएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।
सन् १९५० को अक्टोबर १८ मा अम्बालामा जन्मनु भएका पुरीले सन् १९७६ मा मराठी चलचित्र घासिराम कोतवालबाट चलचित्र यात्रा सुरु गर्नुएको हो । प्रारम्भिक शिक्षा पञ्जाबको पटियालाबाट पूरा गर्नुभएका उहाँले सन् १९७३ मा राष्ट्रिय नाट्य विद्यालयबाट ग्रयाजुएसन गर्नुभएको थियो ।
उहाँले जाने भि दो यारों, अर्धसत्य, आरोहण, मिर्च मसाला, चाची ४२०, आक्रोश, गुप्त, मालामाल विकलीमा अविस्मरणीय अभिनय गर्नुभएको छ ।
पुरी भारतीय सरकारले दिने नागरिलाई चौथो ठूलो सम्मान पद्यम श्रीबाट सम्मानित हुनुभएको थियो । पुरीले सन् १९८२ मा आरोहण तथा सन् १९८३ मा अर्ध सत्यबाट उत्कृष्ट अभिनेताका लागि राष्ट्रिय चलचित्र अवार्ड प्राप्त गर्नुभएको थियो ।