मन्त्री भनेर आदेश गरे पछि जब कापेर ढले राजा जनक…..

मन्त्री भनेर आदेश गरे पछि जब कापेर ढले राजा जनक…..

  • बुधबार, पुस २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

नेपालमा लामो समय लोकप्रिय सिरीयलको रुपमा देखिएको तितो सत्यमा आफू भन्दा कम उमेरकी युवतीहरुसगँ प्रेम गर्ने बृद्धको भूमिकामा देखिन्थे कलाकार विष्णुभक्त फुयाल । उनी यो माइ लभको नामले परिचित थिए ।

अविरल वग्दछ ईन्द्रावतीमा माझी बुढाको भूमिकामा देखिएका यी कलाकार जीवनभर कलाकारीताको निम्ती समर्पित रहे । खास गरी नाटक क्षेत्रमा ।
हाल कपनमा रहेका ८० वर्षका विष्णुभक्त फुयालको जीवनकै अन्तिम अभिनय रह्यो नाटक यज्ञवल्क ।  यो नाटक पाच दिन सम्म देखाउने गरी राष्ट्रिय नाचघरमा तेस्रो दिन चलिरहेको थियो । संस्कृतिविद् सत्यमोहन जोशीद्धारा लिखित यज्ञवल्क नाटकको राजा जनकको भूमिकामा थिए फुयाल । उनकी रानीको भूमिकामा थिईन् नवकलाकार राधीका घिमिरे ।
तपाईको आखा अगाडी राजा जनक कसरी ढले त भनेर सोधिएको प्रश्नमा घिमिरेले भनिन् , जब राजा जनकको भूमिकामा उहा ( जनक ) हुनुहुन्थ्यो । मन्त्रीलाई आदेश गर्नु पर्ने थियो । तल ऋषिमुनिहरु वादविवाद गरीरहेका थिए ।  यसै बेला राजा जनक ( कलाकार विष्णु भक्त ) ले मन्त्री भनेर आदेश दिए । अनि मन्त्री छेउमा पुगे पछि उनको काधमा समातेर एक्कासी राजा जनक थरर खुट्टा काप्दै आखा पल्टाएर लडे पछि म चिच्याउन पुगे ।
उनी भन्छिन् पानी पानी भनेर कराए छु , शुरुमै केही असजिलो जस्तो महसुस गरेको थाहा भयो तर अब आफ्नो आफ्नो भूमिकामा जीवन्त अभिनय गर्नु पर्ने भएकाले मैले केही होईन होला भन्ने सोचे ।  आफू रातभरी निदाउन नसकेको र पीडा लागेको बताउदै घिमिरेले फुयाल दाईले असाध्यै सहयोग गर्ने अभिनयमा नमिलेका कुराहरु सिकाउनु हुन्थ्यो , भन्नु हुन्थ्यो रानीसगँ राम्रो फोटो खिचेर राख्छु ।


उनी आफ्नौ भूमिकामा सत प्रतिशत नतिजा दिने कलाकार थिए । फुयालको निधनले नाट्य कलाकारीताको क्षेत्रमा ठूलो क्षति पुगेको निर्देशक बद्री अधिकारीले बताए ।
अधिकारीले फुयाल पहिले देखि नै अभिनय गर्दा गर्दै मर्न पाए राम्रो हुन्थ्यो भनेर सुनाउने गरेको स्मरण गर्दै उनले जे सोचेका थिए त्ही भएको प्रतिकृया दिए ।
डायवेटिज र प्रेसरको बिरामी रहेका फुयालले निरन्तर दवाई खादै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ