एजेन्सी पुष ८ । विश्वमा घातक तथा गैर घातक हतियारका लागि सबै भन्दा खतरनाक मानिदै आएको रुसले पछिल्लो समय सिरीयामा प्रयोग गरेको हतियार र फाईटर जेटको सहयोगमा सेनाले एलेप्पो सहित विद्रोही नियन्त्रित स्थलहरु नियन्त्रणमा लिन सफल भएको छ ।साथै सिरीयाले केही वर्षको अवधिमा रुसबाट अरबौ रुपैयामा हलुका तथा अत्याधिक मारक क्षमताका हतियार समेत खरीद गरेको थियो ।
अमेरीकी विमानले सरकारी फौजमाथि आक्रमण थाले पछि रुसले मिसाईल तैनाथ गर्नुका साथै हवाई आक्रमण गरेर अमेरीका समर्थित विद्रोही र आईएसलाई तह लगाएको छ ।यसले सिरीयामा बिद्रोही र आईएसको ढाड मात्र भाचेको छैन, अमेरीका सहित विश्वका सैन्य राष्ट्रहरुलाई प्रष्ट चेतावनी दिएको छ कि यदी रुसमाथिको कुनै पनि कार्बाही सजिलो छैन र तेस्रो विश्व युद्ध भएमा रुसको क्षमता संसारले मैदानमा देख्ने छ भन्ने केही रक्षा विज्ञहरुको टिप्पणी समेत रहेको छ । करीब ८ लाख सैन्य संख्या रहेको रुस विश्वको अमेरीका पछिको शक्तिशाली सैनिक क्षमता भएको मुलुकु हो ।
रुसले सिरीयामा प्रयोग गरेका खतरनाक केही हतियारको विवरण यस्तो छ :
१. एसयु ३४ फाईटर बम्बर : यसले सिरीयाको आकाशमा लामो फन्को मार्दै हजारौं आईएसका अखडा र तालिम केन्द्रह नष्ट पारीदिएको थियो ।२२ किलो मिटर प्रतिघण्टा उडान भर्न सक्ने यो बम्बर जेटले ४ हजार किलो मिटर मिटर टाढा सम्म यसले घातक बमहरु प्रहार गर्न सक्छ ।

२. क्रुज मस्कवा वारसिप
यसलाई मुख्य गरी रुसले क्यास्पियन सागरमा तैनाथ गरेको छ । क्यास्पियन सागरबाट उसले शुरुमा २५ सय किलो मिटर टाढा सिरीयामा विद्रोहीको अखडामा सही निशानामा क्षेप्यास्त्र हानेर दुनियालाई तर्साउने खालको सन्देश दिएको थियो । अहिले यो सिरीयाको तटमा तैनाथ छ । ५९ किलो मिटर प्रतिघण्टा कुद्न सक्ने यो युद्धक जहाजले १९ हजार किलो मिटर सम्म क्षेप्यास्त्र हान्न सक्छ ।

३.टी ९० टैंक
यो टैक विश्वमा आधुनिक र हलुका छ । ६० किलो मिटर प्रतिघण्टाका दरले कुद्न सक्ने यो टैकले कुनै पनि बेला आफ्नो दिशा बदल्न सक्छ । ठूलो संख्यामा रुसले यो टैकहरु सिरीयाली सेनालाई दिएको छ । जसले आईएसका सयौ अखडाहरु तहस नहस पारेको छ । यसले ५ सय ५० किलो मिटर सम्म मार गर्न सक्छ ।

यस बाहेक सुखोई विभिन्न मोडलका लडाकु जहाज, एमआई २४ लडाकु हेलिकोप्टर,एएस २२ मिसाईल रक्षा प्रणाली , जासुसी ड्रोन , जिएजेड जीप जस्ता अत्याधुनिक र खतरनाक हतियार र सुरक्षा प्रणालीका कारण सिरीयाली सेना पराजयको नजिक पुगेर पनि फेरी बिद्रोहीलाई पछि हटाउदै सफल बन्दै गएको छ ।
रुसी सहयोगकै कारण राष्ट्रपति बसर अल असदले आफ्नो सत्ता टिकाउने मौका पाएका छन् ।

यति मात्र हैन संभाव्य तेस्रो विश्व युद्धको चर्चा भईरहेका बेला अमेरीका र नेटो सैन्यको तुलनामा घातक र तीव्र गतिको हतियार प्रणालीका कारण रुसले फेरी आफ्नो सैन्य क्षमता दुनियाभर देखाएको छ । यसले अमेरीका तथा यूरोप समेत चिन्तित बनेको छ ।
