जन प्रगतिशील मंच यु ए इ द्वारा अलपत्र नेपालीको उद्दार

जन प्रगतिशील मंच यु ए इ द्वारा अलपत्र नेपालीको उद्दार

  • शनिबार, मंसिर १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

यु ए इ।

नेपाली जनप्रगतिसिल मंच यु ए इ ले बिगत लामो समय देखि यु ए इ मा अलपत्र परेका रामेछाप -सालुका तुलसी भट्टराई को आफ्नै पहलमा उद्दार गरेको छ ।

रोजगारिको सिलसिलामा यु ए इ आयका भट्टराई ले राम्रो तलब सुबिधा पाउने आसामा आफुले काम गर्दै आयको कम्पनी छोडी नया कम्पनीमा जादा नया कम्पनीले भिजा नै नलगाइ दिय पछी उनी अबैधानिक बनेका हुन ।

आफुले काम गर्न कम्पनीमा तोकिएको सेवा सुबिधा नपाउने ,समयमा तलब नपाउने तथा बिरामी हुदा समेत काम गर्नुपर्ने बाध्यता भय पछी (Zaink Fasicilites Manecment) नामक कम्पनीमा सेक्युरिटी सुपरभाइजर काम का लागि गयको तर कम्पनीले सम्झौता अनुसार भिजा नै नलगाय पछी आफू अबैधानिक बनेको जानकारी भट्टराई ले दियका छन ।

केहि महिना जसोतसो काम गरे पनि काम गरेको तलब नदिने र खान बस्न समेत नपाय पछी आफू अलपत्र परेको र प्रहरी लाई जानकारी गराउदा समेत अबैधानिक भएको कारण जरिवाना तिरेर मात्रै नेपाल जान पाइने बताय पछी आफू बिचल्ली मा परेको भट्टराई बताउछन ।

झन्डै ९० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भैसकेको रहेछ म ता भौतारियर हिड्दै थिय एक दिन साथिले जनप्रतिसिल मंच ले पीडित लाई सहयोग गर्छ भन्ने जानकारी दियो र खोज्दै गय मंचका अध्यक्ष हेमन्त पौडेल सरले सक्दो सहयोग गर्न वचन दिनु भएको थियो। अहिले सम्पुर्ण खर्च ब्यहोर्दै संगठनकै पहलमा नेपाल जादैछु भट्टराईले बतायका छन ।

tulsi-bhattarai

यस्तै ने क पा माओवादी केन्द्र निकट जनबर्गिय संगठन जन प्रगतिशील मंच यु ए इ का अध्यक्ष तथा पार्टी केन्द्र का केन्द्रिय सदस्य हेमन्त पौडेल का अनुसार दूतावास देखि अध्यागमन सम्मको सम्पुर्ण कानुनी प्रक्रिया पूरा भै सक्यको र भट्टराई लाई नेपाल फर्काउन आबस्यक सम्पुर्ण काम पूरा भएको हुदा आउदो आइतबार बिहान ४:५५ बजे नेपाल जाने बतायका छन ।

पौडेलका अनुसार भट्टराईलाई नेपाल फर्कन टिकटको ब्यबस्था गैर आबासिय नेपाली संघ (NRNA)यु ए इ ले गरेको बतायका छन ,भने आफ्नो संगठन नितान्त मजदुर हितमा रहेको हुदा यस्ता अलपत्र परेका घाइते अपांग तथा विभिन्न कारण बाट समस्यामा परेका नेपाली लाई निरन्तर सहयोग गरि रहने बतायका छन ।

पछिल्लो समय विभिन्न देसमा खोलियका विभिन्न पार्टीका संघ संघसंगठन भन्दा जन प्रगतिशील मंच निक्कै प्रभाबकारी र मजदुर मुखि रहेको र मजदुरका हर्यक समस्यामा प्रत्यक्ष रूपमा साथ र सहयोग दिदै आयको जानकारी संगठनको पहलमा उद्दार भयका विभिन्न ब्यक्तिहरुले बतायका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी