चीनको सामान जलाउने , चीनीया लगानी भित्र्याउन खोज्ने भारतीय नीति

चीनको सामान जलाउने , चीनीया लगानी भित्र्याउन खोज्ने भारतीय नीति

  • बिहिबार, कार्तिक २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

 एजेन्सी कार्तिक २५ । भारतमा पछिल्लो समय चीनीया सामानको बहिष्कारको ठूलो हल्ला चलेको छ । पाकिस्तानलाई चीनले सहयोग गरेको भन्दै रामदेव सहितले चीनीया सामान बहिहष्कार गरे पनि भारत सरकार चीनबाट पूर्वाधार र उत्पादन क्षेत्रमा ठूलो लगानी भित्र्याउने प्रयासमा लागेको छ ।
चीनको हेनानमा भारत चीन लगानी तथा आर्थिक सहयोग सम्बन्धि द्धिपक्षीय सहयोग सम्बन्धि कार्यक्रममा भारतले रेल वे, दुरसञ्चार, खुद्रा विक्री निर्माण जस्ता क्षेत्रमा लगानी गर्न चीनीया पक्षलाई आग्रह गरेको छ ।
भारतले सन् २०२२ सम्ममा म्यानुफ्याक्चरीगंलाई जिडीपीको २५ प्रतिशत हिस्सा बनाउने लक्ष्य राखेकाले पनि उसले चीनीया लगानी आकर्षित गर्न खोजेको छ ।
तर बढ्दो आपसी तनाव, पाकिस्तान मामला र चीनीया सामानको बहिष्कार पछि चीनीया लगानीकर्ताहरुले भारतमा लगानी सुरक्षाको बारे चासो राख्न थालेका छन् ।
चीनले कुल विदेश पठाउने सामानको २ प्रतिशत हिस्सा मात्रै भारतमा पठाउने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी