भद्रकाली गण प्रमुखले गरे निर्माणाधीन पशुपति नाथ मन्दिर निरीक्षण

भद्रकाली गण प्रमुखले गरे निर्माणाधीन पशुपति नाथ मन्दिर निरीक्षण

  • आइतवार, कार्तिक २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

बारा । भद्रकाली सशस्त्र प्रहरी गण पिलुवा बाराका गण प्रमुख भेष बहादुर शाहले सखुवा घाट स्थित निर्माणाधीन पशुपति नाथ सन्तानेश्वर महादेवको मन्दिर निरीक्षण गरेका छन् ।

जन जागृति पूर्व विद्यार्थी समाजको बृहत् देउसी भैलो कार्यक्रमले आफूलाई आकर्षित गरेको भन्दै गण प्रमुख शाहले आफू निर्माणाधीन मन्दिर निरीक्षण गर्न आएको बताए ।

उनले सशस्त्र प्रहरीले स्थानीय जनताको आस्था जगेर्ना गर्न सहयोग गर्न पाउँदा निकै खुसी भएको बताए । उनलाई धार्मिक र अध्यात्म वादी चिन्तन भएको एसपी मानिन्छ । उनले २ महिना भित्र मन्दिर निर्माण कार्य सम्पन्न गरी शिव रात्रिमा उदघाटन गर्न तिर लाग्न अनुरोध गरे ।

निरीक्षण कार्यक्रममा समाजका सल्लाहकार पुष्प राज थापा, अध्यक्ष अशोक कुँवर “नेत्र” लगायत स्थानीय बासीको समेत सहभागिता रहेको थियो । समाजका अध्यक्ष कुँवरले केही दिनमा नै मन्दिर निर्माण समिति गठन गरी सशस्त्र प्रहरी र स्थानीय जनता सहित सहभागी भएर द्रुततर गतिमा मन्दिर निर्माण कार्य सुरु गरिने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ