सन् १९७० यता वन्यजन्तुको संख्या लगातार घट्दै

सन् १९७० यता वन्यजन्तुको संख्या लगातार घट्दै

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं ,कार्तिक ११ ।
विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफ र जुलोजिकल सोसाईटी अफ लण्डनले पछिल्लो ४६ बर्षमा विश्वभर वन्यजन्तुको संख्या ५८ प्रतिशतले घटेको जनाएको छ ।

डब्लुडब्लुएफ र सोसाईटी अफ लण्डनले गरेको संयुक्त अध्ययनअनु्सार सन् १९७० यता वन्यजन्तुको संख्या लगातार घट्दै गएको छ ।

यस्तै अवस्था रहे सन् २०२० सम्ममा हड्डी भएका जीवजन्तुको संख्या दुई तिहाईसम्म घट्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

मानवीय गतिविधिका कारण बन्यजन्तुको बाँस माँसिदै जानु, वन्यजन्तुको व्यापार, प्रद्षण तथा जलवायू परिवर्तनको असरका कारण ताल, पानी र थलमा बस्ने जीवको अस्तित्व नै धरापमा पर्दै गएको डब्लुडब्लुएफले जनाएको छ ।

डब्लुडब्लुएफका विज्ञान तथा नीति विभागका प्रमुख डा. माईक ब्यारेटले वन्यजन्तुको संख्या घट्दै जानुको कारण समेत स्पष्ट भएकाले त्यसको संरक्षणका लागि तत्काल कदम चाल्न आवश्यक रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी