भारतले यसरी विलय गराएको थियो कास्मीरलाई !

भारतले यसरी विलय गराएको थियो कास्मीरलाई !

  • बुधबार, कार्तिक १०, २०७३
  • स्न्ड्रयु ह्वाईट हेड, वरिष्ठ पत्रकार

  • 7.1K
    SHARES

विश्वको सबै भन्दा धेरै अल्झिएको विवादको जडमा रहेको  कास्मीरको विलय सन्धि हो र ऐतिहासीक महत्वको छ तर हेर्दा साधारण लाग्छ ।
१९४७ मा जुन सन्धिका आधारमा कास्मीरको भारतमा विलय गरियो , त्यसको आधार २ पन्नाको सानो कागज थियो जो राम्रो तरीकाले तयार समेत गरिएको थिएन । त्यतिखेर ५ सय गाउ मात्र थियो विलय भएको । त्यो बेला जनताले शासक वर्गलाई जिम्मा दिएका थिए कि भारतसग‘ जाने कि पाकिस्तानसग‘ जाने भनेर । अरु धेरै जनतालाई यसमा सामेल गरिएको थिएन ।
दिल्लीको गृहमन्त्रालयले एउटा फर्म तयार पारेको थियो जसमा खाली ठाउ राखिएको थियो कि जसमा जनताले शासकको नाम, मिति र आफ्नो नाम लेख्नु पर्ने थियो ।
धैरै पटक भनिएको थियो कि कास्मीरका महाराजाले सम्झौतामा हस्ताक्षर नगरेको भनिएको थियो तर यो सही थिएन । यसमा यो रहस्यको विषय छ कि त्यसमा उनले आप्नो नाम कहिले राखेका थिए , जसको कारण कास्मीर राज्य भारतमा बिलय भयो । भारतीय सेना कास्मीरमा पुगे पछि उनले सही गरे या पहिले भन्ने अझै रहस्यको विषय छ ।

kashmir-2
यस विलय सन्धिको मुल प्रति कहा राखिएको छ,यो पनि अनिश्चित देखिएको छ । मैले जब कास्मीर संघर्षको शुरुवाती समयमा “ अ मिसन ईन कास्मीर” लेखिरहेको थिए , मैले भारतको गृहमन्त्रालयसग‘ सन्धिको मुल कागज माग्दा दिन अस्वीकार गरिएको थियो ।

कास्मीरका अन्तिम राजा हरी सिंह आफ्ना करौडौ जनतालाई स्वतन्त्र राख्न चाहन्थे तर बेलायती भायसराय लर्ड माउन्ट बेटनले स्वतन्त्र हुने विकल्प दिएका थिएनन् ।
उनले भौगोलिक सच्चाईको नजरअन्दाज गरेका पनि थिएनन् शायद कि भारत र पाकिस्तानबाट चारै तिर घेरिएकाले उनीहरुमै विलय हुन सकिने थियो ।
जम्मु कास्मीरको त्यो ठाउमा एक जना मात्र गाउ थियो , जसले असल निर्णय गर्नु पर्ने थियो । यस्तो लागेको थियो कि जम्मु कास्मीर पाकिस्तानमा मिल्ने छ भनेर बेलायी शासकले सोचेका थिए । मुस्लिम बाहुल्य ईलाका पाकिस्तानमा मिल्ने विस्वास गरिएको थियो । कुल आवादीको दुई तिहाई मुस्लिम थिए । भाषा, संस्कार आदि पाकिस्तानसग‘ मिल्थ्यो । तर राजा हिन्दु थिए । राज्य विभाजनको बेला बढेको साम्प्रदायीक विवाद र अवस्था हेर्दा उनी मुस्लिम राज्यमा जान मुस्किल हुने शंकामा थिए ।
त्यस समयका प्रमुख राजनीतिक हस्ती शेख अब्दुल्ला कास्मीरको भारतमा विलयको समर्थन दिन अघि बढे । तर पछि उनको झुकाव स्वतन्त्रताको पक्षमा गयो ।

kashmir-2
क्ुन राज्यमा विलय हुने भन्ने विषयमा राजा हरी सिंहले ढिलो गतिमा सोचिरहेका थिए । १५ अगण्ट १९४७ मा जब भारतमा बेलायी शासनको अन्त्य भयो । ब्रिटिश र भारतीय अधिकारीहरुको थुप्रो प्रयासका बाबजुद कास्मीरका राजाले निर्णय गर्न सकेका थिएनन् । तर आगामी हप्ता राजा सिंहले भारतमा विलयको निर्णय गर्ने संकेत देखिएको थियो ।
त्यही समयमा पाकिस्तानबाट आएका कबायली लडाकुले आक्रमण शुरु गरे पछि उनले राज्य भारतमा बिलयको फैसला गरेका थिए ।
जब कबायली लडाकुहरुले गैर मुसलमानको हत्या गर्दे श्रीनगरतर्फ अघि बढे पछि राजा सिंह शहर छाडेर भागेका थिए २५ अक्टोबरमा ।
लामो थकित यात्रा पछि या अघि नै राजाले भारतमा आफ्नो राज्य विलाउने सम्झौतामा हस्ताक्षर गरे जसले कास्मीर भारतको अधिनमा आयो ।
आधिकारीक रुपमा यो भनिएको छ कि भारतीय गृहमन्त्रालयका त्यस समयका सचिव विपी मेनन २६ अक्टोबर जम्मु गएर महाराजालाई सम्झौताको कागजमा हस्ताक्षर गराएका थिए । तर यसलाई मोटो रुपमा अस्वीकार गरिन्छ किन कि त्यस दिन सचिव मेनन हवाई जहाजबाट जम्मु जान चाहन्थे तर सकेका थिएनन् ।

kashmir-4
कतिपय ईतिहासकारहरुले राजाले श्रीनगर छाड्नु पूर्व नै हस्ताक्षर गरेको दावी गरेका छन् । यसमा धेरै आशका छ तर यो संभावना छ कि कागजमा हस्ताक्षर २७ अक्टोबरमा भयो होला । तर एक दिन पुरानो मिति राख्न सहमति गरिएको हुन सक्छ ।
२७ अक्टोबरमा भारतीय सेना श्रीनगर पुग्यो । हवाई अड्डामा सेनाको जहाज उतारीयो । भारतको यो दुस्साहसीक सैनिक अभियान पछि हस्ताक्षर गरिएको ठानिएको छ , तर भारतले सम्झौता पछि अभियायन थालेको भनेको छ यो साचो होईन । महाराजाको विलयको स्वागत गर्दै बेलायती लर्ड माउन्ट बेटनले यो विलयलाई जनताको हवाला देखाएर विरोधीहरुलाई परास्त गर्ने नीति सुझाएका थिए ।

kashmir-5
यसको केही दिनमै स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जबाहरलाल नेहरुले सयुक्त राष्ट्रसंघ या अन्तराष्ट्रिय तत्वाबधानमा कास्मीरको विषयमा जनमत संग्रह गर्ने कुरा सार्वजनिक गरे । यही बेला भारतीय फौजले कास्मीरबाट केही मुसलमानहरुलाई खेद्यो र पाकिस्तानबाट आउनेलाई श्रीनगरमा प्रवेश दिएन ।
स्वतन्त्र भएको केही महिनामै भारत र पाकिस्तानबीच कास्मीरको मुद्धालाई लिएर युद्ध शुरु भयो । नेहरुले जनमतसग्रहको जुन कुरा गरेका थिए त्यसलाई गराएनन् र युद्द विराम सम्झौताले कास्मीरलाई दुई भागमा बाडिदियो ।

kashmir
कास्मरीको मुद्धाको ७० वर्ष पछि यो स्पष्ट भएको छ कि महाराजाले विलयको कागजमा यस कारणले सही गरेका थिए कि कास्मीरमा शासन कसले गर्छ भनेर तर त्यसले समाधान दिन सकेन । तर वास्तवमा यो त कास्मीरको संघर्षको शुरुवात थियो ।
 बिबिसी बाट मुख्य अनुवादित

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी