कार्तिक ९ काठमाण्डौं । मिर्मिरे अनलाईनले सरकारी सवारी साधनको दुरुपयोग प्रेम लिला साट्न गोदावरीको जंगल देखि केबलकारमा चढ्न चन्द्रागिरीको फेदी सम्म सार्वजनिक विदाका दिनमा लस्कर लागेका गाडीहरुको तस्वीर सहित रिपोर्ट प्रकाशित गरेको थियो । डेटिङ देखि केवलकार चढ्न समेत सरकारी गाडीको दुरुपयोग शीर्षकमा प्रकासन गरे पछि सामाजिक सञ्जाल देखि विभिन्न क्षेत्रबाट विरोध भएको छ ।
देश गरीब छ , जनता सामान्य सार्वजनिक सुविधाबाट बञ्चित छन् यति सम्म कि जटिल बिरामीले दुर्गम क्षेत्रमा एम्बुलेन्स पाउन सकेका छैनन् । देशभर २३ लाख गाडी तथा मोटरसाईकल छन् । त्यस मध्य कति सरकारी र संस्थानका गाडीहरु छन् भन्ने एकीन तथ्याङक समेत यातायात व्यवस्था विभागसग‘ छैन ।
तर राज्य संयन्त्रमा पहुच हुने राजनीतिक दलका नेता, कर्मचारी सबैले सरकारी सार्वजनिक सम्पत्तिको दुरुपयोग र दोहन गरीरहेको प्रसस्त देखिन्छ । यसै सिलसिलामा खोज अभियान अन्तर्गत हामीले पहिलो चरणमा गाडीको दुरुपयोग भएको खबर प्रकाशित गरेका थियौं ।
यही खबर पछि हामीले यस अभियानको दोस्रो चरणमा निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन सहित विभिन्न सत्तारुढ तथा विपक्षी दलहरुसम्बध कर्मचारी ट्रेड युनियनका अगुवाहरुसग‘ गाडी दुरुपयोगबारे प्रतिकृया लिएका छौं । जसमा सबै कर्मचारी संगठनका अगुवाहरुले दुरुपयोग निकै ठूलो रहेको र यसलाई रोक्नु पर्ने करीब साझा धारणा व्यक्त गरेका छन् । जो निम्नानुसार रहेका छन् ।
सरकारी गाडीको दुरुपयोग हुनु हुदैन । यो सिंहदरबारबाट अझ धेरै भईरहेको छ । यसले कर्मचारी क्षेत्रलाई नै बदनाम गराउने काम भएको छ । यसलाई रोक्न पहल गर्ने छौं भन्ने सबै कर्मचारी नेताहरुको प्रतिवद्धता छ , आशा छ यसलाई व्यवहारीक परिणाममा पनि केही देखाउने छन् उनीहरुले । कर्मचारी नेताहरुको प्रतिकृयाहरु क्रमश:
दुरुपयोग रोक्नेबारे हामी खबरदारी गर्छौैंः पुण्य ढकाल , अध्यक्ष आधिकारीक ट्रेड युनियन
मिर्मिरे अनलाईनले सरकारी गाडीको दुरुपयोग भईरहेको सन्दर्भमा रिपोर्ट प्रकाशित गरे पछि प्रतिकृया लिने क्रममा निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले सरकारी स्रोत साधनको दुरुपयोग हुने गरेको पाईएको भन्दै यसलाई रोक्न खबरदारी गर्ने बताउनु भएको छ ।
कानुन बमोजिम गाडीको सुविधा सरकारी काम कार्बाहीको सिलसिलामा लिन सकिने तर निजी प्रयोजनका लागि सरकारी गाडीहरुको दुरुपयोग भएको पाईएमा सम्बन्धित निकायलाई सचेत गराउने र यस्तो कार्य रोक्न पहल गर्ने प्रतिकृया दिनु भयो । अर्को तर्फ अहिले सम्म कुनै पनि कार्यलयमा दुरुपयोग भएको विषयमा कार्बाही नभएको भन्दै सम्बन्धित मन्त्रालय र कार्यलय प्रमुख जिम्मेवार हुने अध्यक्ष ढकालले बताउनु भयो ।
सरकारी गाडीको दुरुपयोगले समग्र कर्मचारीतन्त्रलाई बदनाम गराएको छःसुबोध कुमार देवकोटा अध्यक्ष, नेपाल निजामती कर्मचारी युनियन संघ तथा निजानिजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका महासचिव
कानुनले नै बन्देज लगाएको कार्य गरेर सरकारी स्रोत साधनको दुरुपयोग गर्ने कार्य तत्काल रोकिनुपर्छ । यसले समग्र कर्मचारीतन्त्रलाई नै बद्नाम बनाउने कार्य गरिरहेको छ । यो बिषयमा हामि छिट्टै नै सामान्य प्रसासन मन्त्रालय लगायतका निकायसँग छलफल गरेर अघि बढ्ने छौ ।
निजामती कर्मचारीहरुको सबै कार्य सम्पादन , स्रोत साधनमाथिको प्रयोग लगायत समग्रकार्य हेर्नका लागी बनेको कर्मचारी सम्बन्धन समितिको छिट्टै बैठक बसेर सरकारी साधान दुरुपयोगका बिषयमा कुरा उठाउने र छलफल गरि यसलाई रोक्न पहल गर्ने बताउनु भयो । यो समितिमा सामान्य प्रसासनमन्त्री अध्यक्ष , सामान्य प्रसासन , अर्थ मन्त्रालय र श्रम मन्त्रालयका सचिव तथा निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनका अध्यक्ष र महासचिव सदस्य रहनेछन् ।
यसले समग्र कर्मचारीतन्त्रलाई बदनाम गराएको छःसुबोध कुमार देवकोटा अध्यक्ष, नेपाल निजामती कर्मचारी युनियन संघ तथा आधिकारीक ट्रेड युनियनका महासचिव
कानुनले नै बन्देज लगाएको कार्य गरेर सरकारी स्रोत साधनको दुरुपयोग गर्ने कार्य तत्काल रोकिनुपर्छ । यसले समग्र कर्मचारीतन्त्रलाई नै बद्नाम बनाउने कार्य गरिरहेको छ । यो बिषयमा हामि छिट्टै नै सामान्य प्रसासन मन्त्रालय लगायतका निकायसँग छलफल गरेर अघि बढ्ने छौ ।
निजामती कर्मचारीहरुको सबै कार्य सम्पादन , स्रोत साधनमाथिको प्रयोग लगायत समग्रकार्य हेर्नका लागी बनेको कर्मचारी सम्बन्धन समितिको छिट्टै बैठक बसेर सरकारी साधान दुरुपयोगका बिषयमा कुरा उठाउने र छलफल गरि यसलाई रोक्न पहल गर्ने बताउनु भयो । यो समितिमा सामान्य प्रसासनमन्त्री अध्यक्ष , सामान्य प्रसासन , अर्थ मन्त्रालय र श्रम मन्त्रालयका सचिव तथा निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनका अध्यक्ष र महासचिव सदस्य रहनेछन् ।
नियन्त्रण गर्ने निकायले नै दुरुपयोग गर्छ मोहन कुमार घिमिरे,अध्यक्ष,नेपाल निजामती कर्मचारी संगठननेपाल निजामती कर्मचारी संगठनका केन्द्रय अध्यक्ष मोहन कुमार घिमिरेले सरकारी स्रोत साधनको दुरुपयोग गर्ने व्यात्तिगत वा पारिवारीक प्रयोजनमा प्रयोग गर्ने कार्य दण्डनीय र कानुनी अपरा भएकोे बताउनु भयो ।
सरकार काम काज तथा सरकारी प्रयोजनका कार्यको लागी भने दिईएका सवारी साधनको दुरुपयोग गर्ने कार्यमा बृद्धि हुदै गएको भन्दै उहाले त्यस्तो कार्य रोक्न दण्ड सजायको स्पष्ठ व्यावस्था हुनु पर्नेमा जोड दिनु भयो ।
उहाले भन्नु भयो , सरकारी सवारी साधनको प्रयोगका बिषयमा नै स्पष्ठ मापदण्ड छैन । सोहि कारण दुरुपयोग भईरहेको छ ,यसलाई रोक्न त्यस्ता कर्मचारीलाई दण्ड सजायको ब्यावस्था गरी कानुनी दायरामा ल्याउनु पर्छ । बिभिन्न मन्त्रालय या कायलयमा कुन तहको पदाधिकारी ,कर्मचारीले सवारी पाउने भन्ने नै मापदण्ड नभएको पनि बताउनु भयो । सबै निकायका कर्मचारीका लागी समान रुपमा मापदण्ड बनाएमा पनि दुरुपयोग केहि हदसम्म नियन्त्रणमा आउने उहाको भनाई छ ।
भनसुनका आधारमा सरकारी सवारी साधन प्रयोग भईरहेको भन्दै घिमिरले त्यस्तो कार्य पनि तत्काल बन्द गर्न माग गर्नुभयो । घिमिरेले भन्नुभयो , कुनै राजनितिक दलको नेताको पिए या कुनै मन्त्रीको सहयोगी भएका आधारमा पनि सरकारी सवारी साधनको प्रयोग गरेका छन् । भनसुनका आधारमा केहि कार्यलय सहयोगिले या खरदारले पनि पाउने तर कहि सह सचिवले पनि नपाउने यस्तो अवस्थाको अन्तय गर्नुपर्छ । उहाले सबै सरकारी कर्मचारीलाई सवारी नदिएर त्यो वापतको भत्ता , एक मुष्ठ रुपमा रकम दिने ब्यावस्था गर्नु पर्ने बताउनु भयो ।
व्यक्तिगत प्रयोजनका लागि सरकारी साधनको दुरुपयोग गर्नु अपराध हो,मोहनमान स्वार
अध्यक्ष, नेपाल राष्ट्रिय कर्मचारी महासंघनेपालको कर्मचारी तन्त्र ,सेना प्रहरी र उच्च पदस्थ कर्मचारीले सबैभन्दा बढी सरकारी सवारी साधनको दुरुपयोग गरिरहेको बताउनु भएको छ । सरकारी सवारी साधनमा छोराछोरीलाई स्कुल पुर्याउने ल्याउने , श्रीमती ,आफन्तलाई घुमाउने ,तरकारी ल्याउने जस्ता घरायसि काममा प्रयोग भईरहेको स्वीकार्दै स्वारले भन्नु भयो , सार्वजनिक बिदाको दिन या ब्यात्तिगत प्रयोजनका लागी सरकारी गाडिको प्रयोग गर्नु अपराध हो । यस्तो कार्यको हाम्रो संगठनले घोर भत्सना गर्दछ ।
काठमाण्डौ उपत्यकामा मात्र नभएर बाहिरि जिल्लामा पनि सरकारी सवारी साधनको चरम दुरुपयोग हुने गरेको भन्दै उहाले यो बिषयमा धेरै अगाडिदेखि संगठनले आवज उठाउदै आएको र कतिपय स्थानबाट गाडिलाई कब्जामा समेत लिएको जानकारी गराउनु भयो । मिर्मिरे अनलाईनमा प्रकासित सरकारी सवारीको दुरुपयोग सम्बन्धी समाचारप्रति पनि गम्भिर ध्यानाकर्षण भएको भन्दै स्वारले यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बिषयमा सम्बन्धीत सरोकारवाला निकायसँग बसेर छलफल गर्ने र नयाँ ढङगले अगाडि बढ्ने बताउनु भयो ।
कडाईका साथ अनुगमन र निरीक्षण गर्नु पर्छ :गोपाल सिंह धामी
अध्यक्ष, राष्ट्रिय कर्मचारी महासंघ
सरकारी गाडीहरुको दुरुपयोगको जुन कुरा छ , यसमा हाम्रो भनाई के छ भने सार्वजनिक विदाको दिनमा अफिसियल काम छ भने पहिले नै निर्णय गरेर गाडी चलाउनु पर्छ । अहिले पास लिने र चलाईरहने जुन काम भईरहेको छ यो रोक्नु पर्छ । यसले कार्यलयलाई ईन्धन खर्च वृद्धि बढ्छ । यो रोक्न कडाईका साथ नियम बनाएर अनुगमन एवं निरीक्षण गर्नु पर्छ । भोलीका निम्ती कुन कुन गाडीको निम्ती को कोलाई पास दिईएको छ त्यसको रुट कता हो त्यो सहित सूचना पाटीमा टॉस गर्नु पर्छ । बरु काममा यातायात भत्ताको व्यवस्था गर्ने तर गाडी नदिने काम गर्नु पर्छ । हाम्रो महासंघ राज्य सयन्त्रका कुनै पनि स्रोत साधनको दुरुपयोगको विरोध गर्दछ । संयन्त्र र साधन स्रोत जनताको सेवा र सुविधाका लागि प्रभावकारी ढंगले परिचालन गर्नु पर्दछ ।
यो सरकारी सम्पत्तिको दुरुपयोग भएकाले रोक्नु पर्छः प्रवास कुमार शाह, महासचिव,राष्ट्रिय कर्मचारी संगठन नेपाल
सार्वजनिक सवारी साधन दुरुपयोग रोक्ने निकायले नै दुरुपयोग गरिरहेको भन्दै बिरोध गर्नु भएको छ । सार्वजनिक बिदाको दिन घरेलु काम , मनोरन्जन तथा घुमकामका लागी सरकारी गाडी तथा मोटरसाईकलको प्रयोग भईरहेकोले यस्ता घटनाको छानबिन गरि सरकारी सम्पतिको दुरुपयोग तत्काल रोक्न सरकारसँग माग गर्नु भयो ।
संगठनले पहिला पनि बिभिन्न राजनितिक दल सहित सरोकारवाला पक्षसँग पटक पटक छलफल गरि यस्तो कार्य नियन्त्रण गर्न आग्रह गरेपनि कुनै कमि आउन नसकेको बताउनु भयो । उहाले भन्नुभयो सरकारी सम्पतिको चरम दुरुपयोग छ , सरकारी सवारीलाई निजी जस्तो गरेर प्रयोग भईरहेको छ तर यसलाई रोक्ने निकाय नै मौन छ । किनकी उनीहरु आफैले धेरै दुरुपयोग गर्ने गर्छन् ।
सरकारी कामलाई भनेर ब्यवात्तिगत प्रयोजनका लागी बिदाका दिन पनि पास बनाईदिन्छन् किनकी उनीहरुले नै त्यसको बढी दुरुपयोग गरेका छन् । सवारी साधनको पास दिने ब्यत्तिले नै दुरुपयोग हुने र देखासेखिका कारणले यस्तो कार्य बढेको भन्दै नियन्त्रण गर्ने निकायबाट नरोकिएसम्म यसको अन्त्य नहुनेमा जोड दिनुभयो । सबैभन्दा बढी सिंहदरबार भित्र रहेका कार्यलय र मन्त्रालयका उच्च अधिकारीहरुबाट दुरुपयोग भएकाले नियन्त्रणको सुरुवात पनि त्यहीबाट हुनुपर्नेमा जोड दिनु भयो ।
उपरोक्त कर्मचारी संगठनमा प्रतिनिधित्व गर्ने सत्तारुढ एवं विपक्षी दल सम्बद्ध कर्मचारी संगठनका नेताहरु , आधिकारीक ट्रेड युनियनका अध्यक्ष सहितको दुरुपयोग रोक्न प्रयास गर्ने प्रतिवद्धता व्यवहारमा आउछ कि आउदैन , त्यो हेर्न बॉकी छ ।





