कार्तिक ८ तेलअभिव । लुम्बिनी कपिलबस्तु दिवस अभियान ईजरायलको आयोजनामा त्याहा कार्यरत नेपाली महिलाहरुका लागि आधारभुत उद्घोषण तालिम प्रदान गरिएको छ ।
करिव २१ घण्टा चलेको उक्त आधारभुत उद्घोषण तालिममा बैदेशिक रोजागरीका लागी ईजरायलको बिभिन्न भागमा कार्यरत ११ जना नेपाली महिलाहरूको सहभागिता रहेको थियो । सप्तान्त बिदालाई उपयोग गर्दे असोज पहिलो साताबाट शुरूगरिएको आधारभुत उद्घोषण तालिम शनिबार दिउसो १ बजे बाट ५ बजे सम्म तेलअभिवमा सञ्चालन गरिएको थियो ।
समापन कार्यक्रममा लुम्बिनी कपिलबस्तु दिवस अभियान ईजरायल सँयोजक मिना बान्तवा राईले सहभागी प्रशिक्षार्थीहरूलाई कार्यक्रममा सहभागी भै कार्यक्रम सफल पार्न सहयोग गर्नु भएकोमा धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
राईले भन्नु भयो आधारभुत उद्घोषण तालिममा सहभागी भै सके पछि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सबै प्रशिक्षार्थीहरूमा सकारात्मक परिर्वतन आएको महसुस गरेको बताउनु भयो उहाँले भन्नु भयो कुनै पनि कार्यको थालनी गर्दा लक्ष र उद्देश्य स्पष्ट भए मात्र आफु सफल हने भएकोले अव सहभागी दिदी बैनीले आफ्नो लक्ष र उद्देश्य स्पष्टपारेर अगाडी बढु पर्नेमा जोड दिनु भयो ।

