राजनीतिक फिल्मको लोकमान एपीसोड : दृष्य परिवर्तनको संकेत

राजनीतिक फिल्मको लोकमान एपीसोड : दृष्य परिवर्तनको संकेत

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

कार्तिक ५ काठमाण्डौं । अख्तियार प्रमुख लोकमान सिंह कार्की प्रकरणले नेपाली राजनीतिमा ल्याएको भूकम्पले कसलाई हल्लाउने हो , कसलाई तर्साउने हो र कसलाई भत्काउने हो अब यो दोस्रो दृष्यले निधो गर्ने छ जनताका लागि र यो प्रतिक्षा भईरहेको छ ।
यसको भूकम्पको परिणाम अब छिट्टै राजनीतिमा देखा पर्ने छ । सर्वोच्चको म्याद तामेलीको सूचना घरमा टास्न नदिएर विदेशमा बसेका लोकमान एकाएक महाअभियोगको तयारी भए पछि काठमाण्डौं ओर्लिएर कम्पन दिन शुरु गरेका छन् ।
महाअभियोग संसदमा दर्ता भयो तर पेश भएन अचानक संसद आईतबार सम्मलाई स्थगित गरिए पछि फिल्मको मध्यान्तर जस्तो बनेको छ ।
अहिले लोकमान सिंह कार्कीलाई सुरक्षित रुपले व्यवस्थापन गर्न भारतीय जासुसहरु सक्रिय रहेको सार्वजनिक भएको छ । साउथ ब्लकमा कार्यरत रअका प्रतिनिधिहरुले राजनीतिक नेता र कुटनीतिक व्यक्तित्वयहरुमाथि दवाव र आस्वासन दुवै कुरा सहित प्रेसर दिईरहेका छन् । जसको फल स्वरुप लोकमानको मुद्धामा दलहरु भित्र मिश्रित भर्सन आउन थालेका छन् ।
रअका नेपाल प्रमुख विवेक जोहरी, भारतीय राजदुत रणजीत राय देखि भारतीय बाबाहरु जो विश्व हिन्दु सम्मेलनको सिलसिलामा काठमाण्डौंमा आएका छन् समेत सक्रिय भएको कान्तिपुरले उल्लेख गरेको छ ।
यसले नेपालको आन्तरीक संयन्त्रमा भारतीय चासो र हस्तक्षेप प्रष्ट छ ।
यो चासो र सक्रियताका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल अनिर्णित हुने संकेत देखिएको छ । उच्च स्रोतका अनुसार सर्वोच्चले मुद्धा अगाडी बढाउन साथ विदेश जानु पुर्व लोकमानले प्रचण्डसग‘ सम्पर्क समेत गरेका थिए ।
प्रचण्डकै प्रस्तावमा आएकाले लोकमान प्रचण्डसग‘को समन्वयमा निरन्तर रहेको बताईएको छ ।
तर यो महाअभियोग पछि प्रचण्डले विधि नमिलेको भन्दै उचित विकल्प रोज्न सक्ने जनाउ दिएका छन् ।
जसको अर्थ हुन्छ आईतबारको संसदमा महाअभियोग प्रस्ताव पेश हुन नदिने, अदालती प्रकृयामा गए पछि स्वतः निलम्वन या सफाई पाउने या लोकमानले सहज रुपले पद छाड्ने यस्ता विकल्पमा छलफल भएको बुझिएको छ ।
यसै विषयमा अब काग्रेस र माओवादी केन्द्रको संस्थागत बैठक र निर्णय पछि यो दृष्यमा परिवर्तनको संकेत देखिएको छ । त्यो दृष्यको ईन्डिङ कसरी हुन्छ प्रतिक्षाको विषय छ ।

लोकमान विरुद्ध सांसद नेता कुर्लिनुको कारण के हो ?
लोकमान सिंह कार्कीमाथि मुख्यतयाः दुई वटा आरोप छ , एक उनले संसदीय समितिमा टाउको दुखेको , ज्वरो आएको बहानामा छलफलमा जान नमान्नु , बल्ल तल्ल सार्वजनिक लेखा समितिमा पुगे पछि आफूले यही बसीरहनु भएका कतिपय माननीयहरु समेतको फाईल सुक्ष्म किसिमले अध्ययन गरीरहेको छु भन्दै धम्की दिए पछि सभासदहरु कार्की विरुद्ध खनिन थालेका थिए ।
त्यस पछि अदालतमा समेत सोही प्रकृतिको व्यहोरा जनाउनै जान नमाने पछि उनलाई लोकतन्त्र, कानुनी व्यवस्था नमानेको र लोकतन्त्रको खिल्ली उडाएको भन्दै आलोचना शुरु भएको थियो ।
उनको विरोध डा. गोविन्द केसीलाई मस्तिष्क परिक्षण गर्नु पर्ने भन्ने वक्तव्य आए पछि अझ चर्किएको हो ।
अब लोकमान जोगए लोकतन्त्र र संसदीय व्यवस्था हार्ने , लोकमान हारे भारतीय संयन्त्र र लोकमान पक्षधरहरुको पराजय हुने टिप्पणी सामाजिक सञ्जाल देखि चिया गफ सम्म चल्न थालेको छ । क्लाईमेक्स दृष्यको नजिक आईतबार बाट पुगिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी