मोदीले प्रचण्डलाई तीन घण्टा किन कुराए ?

मोदीले प्रचण्डलाई तीन घण्टा किन कुराए ?

  • सोमवार, कार्तिक १, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

कार्तिक १ काठमाण्डौं ।

नेपालको राजनीतिमा कुनै न कुनै रुपमा दवाव दिदै आएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी पुष्पकमल दाहाललाई झण्डै सवा तीन घण्टा कुराएर मात्र भेट्नु भएको छ ।

भेट राति सवा ११ बजे भएको थियो । भेटमा दुवै देशले विगतमा गरेको सहमति कार्यन्वयन गर्नेबारे छलफल गर्नु भएको थियो ।
भ्रमण टोलीका एक सदस्यले मोदी जी व्यवस्त भएकाले भेटमा ढिलाई भएको बताए ।तर मोदी विदेशी मुलुकको प्रधानमन्त्रीलाई भेट्ने समयमा के मा व्यस्त थिए भन्ने एकीन भएको छैन । स्मरणीय छ त्यो समय अघि नै मोदीले चीनीया राष्ट्रपति, रुसी राष्ट्रपति सग भेटवार्ता गरीसक्नु भएको थियो ।

नेपालमा एक ईतिहासका जानकार चेतेन्द्र जंग हिमाली नेपाललाई भारतले हेपिरहेको र त्यसमा निरीह बन्ने नेपाली नेताहरुको प्रचलनका कारण यो केटालाई जतिखेर भेटे पनि हुन्छ भन्ने मानसिकताले त्यस्तो भएको हुन सक्ने टिप्पणी गर्नु भएको छ ।

मिर्मिरेसग‘ कु्रा गर्दै उनले पटक पटक गरी ३७ वर्ष नेपाली राजनीतिक पार्टीहरुले नेपालमा शासन गरी सक्दा पनि भारतबाट लाभ भन्दा पनि हानी व्यहोर्नु परेको भन्दै दलहरुको यो प्रवृतिले नेपालको सार्वभौम भविष्य गंभीर खतरामा पर्दै जाने औल्याउनु भयो ।
भारतले एयर मार्सलदेखि विभिन्न कु्रामा नेपालको रणनीतिक महत्वको क्षेत्रमा पकड बनाउन खोजेको भन्दै जनता सतर्क र जागरुक नभए समस्या आउने हिमालीले बताउनु भयो ।
स्रोतका अनुसार प्रधानमन्त्री दाहालले असोज पहिलो साता भारत भ्रमणको क्रममा गरेको २५ बुदे सहमति लागु गर्ने, सविधान ससोधन गरी मधेशी मोर्चाको माग पुरा गर्ने आस्वासन मोदीलाई दिनु भएको छ ।
यस अघि शनिबार प्रधानमन्त्री प्रचण्डले चीनीया राष्ट्रपति सि जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसग‘ सयुक्त रुपमा भेट्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ