आश्रममै बित्यो अनाथको बडादशै

आश्रममै बित्यो अनाथको बडादशै

  • आइतवार, अशोज ३०, २०७३
  • भरतराज शर्मा(गोपाल ) 

  • 5.6K
    SHARES

असोज ३० धरान / दशैको टिकाको साइतसंगै सर्वसाधारणहरु मान्यजन तथा आफन्तकोमा दशै मनाउन जाने क्रम तिब्रा भइरहेको समयमा धरान ४ छाताचौमा रहेको अनाथ असाय तथा पुनस्र्थापना गृहका बालबालिकारुको दशै भने आश्रममा नै बितेको छ ।उनीहरुलाई गृहका प्रमुख भीम राई र उहा“की पत्नी लक्ष्मी राईले बर्षेनी टिका लगाएर आर्शिवा दिने गर्नुभएको छ ।

विगत ९ बर्ष अगाडिदेखि लगातार रुपमा यस गृहको दिनचर्या यसरी नै बित्दा त्यहा रहेका बालबालिकालाई आश्रम नै घर जस्तो लाग्न थालेको छन ।
इलामकी सुस्मिता राई यस गृहमा बसेको ९ बर्ष भयो । आएदेखि नै यस गृहमै दशै मनाउदै आएकी उनलाई गृहमा साथीहरुसंग मिलेर दशै मनाउदा खुशी लाग्ने गरेको बताइन । बुबाको केही बर्ष अगाडि नै मृत्यु भएको बताउने राईले यस बर्षदेखि आमालाई समेत आफैसंग राखेपछि भने दशै झनै उत्साहित भएको बताइन।

यस्तै पब्लिक उच्च माविमा कक्षा ७ माअध्ययन गर्दै गरेकी लक्ष्मी कार्कीे समेत दशै यही गृहमा मनाएको सात बर्ष बितेको बताउछिन ।

आफूले थाहा पाएदेखि यसै स्थानमा दशै मनाउने गरेको बताउने उनलाई समेत यहा आफूलाई घरजस्तै लाग्ने गरेको बताइन् । यी तीन जना त उदाहरण पात्र हुन् । यस गृहमा रहेका अन्य बालबालिकाहरुलाई समेत दशै सधै रमाइलो नै लाग्ने गरेको छ ।

आफनै परिवार ठानेर उनीहरुले गृह प्रमुख भीम राई र उहाकी श्रीमति लक्ष्मी राईलाई बुबाआमा मान्ने गरेका छन् ।बच्चाहरुसंगसंगै बसेर दशै मनाउदा आफूलाई भाग्यमानी भएको महसुस हुने गरेको गृहप्रमुख भीम राईको भनाई छ ।बर्षेनी यसरी दशै मनाउदा उनीहरुलाई पनि एक्लो महसुस नहुने र आफूलाई पनि सन्तुष्टि मिल्ने राईको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी