जापानमा ज्वालामुखी विष्फोट, तर कुनै मानवीय क्षति छैन

जापानमा ज्वालामुखी विष्फोट, तर कुनै मानवीय क्षति छैन

  • शनिबार, अशोज २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

टोक्यो, असोज २२ । दक्षिणी जापानको क्युशु द्विपमा अवस्थित आसो पर्वत शृंखलामा गत मध्यरातपछि ज्वालामुखी विस्फोटन भएको जापानी जलवायु विज्ञान समितिले जनाएको छ ।

यसले कुनै मानवीय क्षति भने पुर्याएको छैन । स्थानीय समयानुसार शनिबार बिहान १ः४६ मा सो पर्वतमालाको एउटा शिखरबाट ज्वालामुखी निस्किइ ११ हजार मिटर आकाशमाथिसम्म खरानी र आगोको लप्का उठेको थियो ।

जलवायु विज्ञान समितिले उक्त ज्वालामुखी विस्फोटन ५औं स्केलको तेस्रो लेभलको मापन गरेको छ ।

विस्फोटनका कारण पर्वतबाट ठूला–ठूला चट्टानहरु खस्ने सम्भावना रहेकाले मानिसहरुलाई उक्त क्षेत्रनजिक जान निषेध गरिएको छ ।

यद्यपि, यस घटनाबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षति नभएपनि उक्त क्षेत्र वरपरका स्थानीय बासिन्दालाई ज्वालामुखीय ग्यास, लाभा र तातो खरानीबाट बच्नसमेत सो समितिले सचेत गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी