अमेरीकामा हस्तक्षेपका लागि गरेको साईबर आक्रमणको आरोपको रुसद्धारा खण्डन

अमेरीकामा हस्तक्षेपका लागि गरेको साईबर आक्रमणको आरोपको रुसद्धारा खण्डन

  • शनिबार, अशोज २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

काठमाडौं, २२ असोज । आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावलाई प्रभावित पार्न रुसले राजनीतिक संगठनविरुद्ध साइबर आक्रमण गरेको अमेरीकाले आरोप लगाएको मा रुसले त्यसको प्रतिवाद गरेको छ ।

रुसी राष्ट्रपति कार्यलयका प्रवक्ता दिमित्री पेशकोवले अमेरीकाको आरोप केवल बकवास भएको टिप्पणी गर्नु भएको छ ।
अमेरिकी आन्तरिक सुरक्षा विभागले हालै ‘ह्याक’ गरिएको एक इमेल रुसद्वारा निर्दे्िशत तरिकासँग मेल खाएको जनाएको छ ।

यस्तै, रुसले अमेरिकी राज्यहरुमा चुनावसम्बन्धी प्रणालीमा ‘स्क्यानिङ’ र छानबिन गर्न कोसिस गरेको पनि उल्लेख गरिएको छ ।

चुनाव प्रचारलाई प्रभावित गर्न कोसिस गरिएको इमेल यसअघि नै सार्वजनिक भैसकेको छ ।

गत जुलाईमा एक ह्याकरले डेमोक्रेटिक पार्टीको इमेल ‘लिक’ गरेको स्वीकार गरेका थिए ।

नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टवीच प्रतिपष्पर्धा हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी