भारतले पाकिस्तानसग‘को ३३ सय २३ किलोमिटर सिमा क्षेत्रमा पर्खाल लगाउने

भारतले पाकिस्तानसग‘को ३३ सय २३ किलोमिटर सिमा क्षेत्रमा पर्खाल लगाउने

  • शनिबार, अशोज २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी असोज २१ । छिमेकी मुलुक पाकिस्तान विरुद्ध आक्रामक नीति अपनाएको भारतले पाकिस्तानसग‘ जोडिने ३३ सय २३ किलो मिटर सिमामा बार लगाउने भएको छ ।
सिमा क्षेत्रमा सुरक्षा खतरा, आतंकवादीहरुको घुसपैठक जस्ता कारण देखाउदै भारतले सिमा बार्ने काम तत्कालै शुरु गर्ने भएको छ ।
यो पर्खाल कंक्रिक, लेजर बिम, राडार र स्याटेलाईट सेंसर प्रविधि सहितको पर्खाल लगाउन भारत सरकारले बोर्डर म्यानेजमेन्ट डिभिजनलाई जिम्मा दिएको छ ।
पाकिस्तानसग‘ जोडिएको जम्मु कास्मीर, राजस्थान, गुजरात र पंजावमा रहेको बोर्डरमा यस्तो पर्खाल लाग्ने छ र अहिले ब्लु प्रिन्ट तयार बनिरहेको बोर्डर म्यानेजमेन्ट डिभिजनले जनाएको छ ।
पंजावमा ४५ ठाउमा र जम्मु कास्मीरको ६.९ किलो मिटर क्षेत्रमा यस्तोृ पर्खाल यस अघि लगाईसकिएको छ । सन् २०१८ सम्ममा सबै सिमा सिल गरी सक्ने भारतले लक्ष्य राखेको छ ।

भौगोलिक अवस्था अनुसार , कंक्रिट , लेजर बिम र राडार सहितको दिवार खडा हुने छ ।
कास्मीरको १२ सय २५ किलो मिटर लग भग सबै सिमा क्षेत्रमा पक्की दिवार सबै भन्दा पहिले बनाउने उद्घोष भारतले गरेको छ ।
जम्मु कास्मीरमा माईनस ५० डिग्रि सम्मको चिसो रहेका कारण सेनालाई गस्ती गर्न र बस्न कठिन हुन्छ । यो चिसो सिमा क्षेत्र २ सय ४० किलो मिटर लामो छ । १८ हजार फिट उचाई सम्मको भूगोल यो क्षेत्रमा पर्दछ ।
यस्तै गुजरातको पाच सय ८ किलो मिटर सिमा क्षेत्र मध्य २ सय ६२ किलो मिटर पुरै दलदले छ । यसमा राडा र स्याटेलाईट सेंसर प्रविधिबाट सिमा बन्द राखिने छ ।

boarder-2boarder-2 jammu_m
उता राजस्थानको १०३७ किलो मिटर मा अध्याधिक तापक्रम छ । राजस्थान यस्तो मरुभूमि र तातो छ कि खुट्टाको जुत्ता समेत डढ्दछ ।
पंञ्जावको पाच सय किलो मिटर बोर्डर छ । यहाको सिमा प्राय नदीनालाहरुसग‘ जोडिएको छ । यहाका प्राय नदीनालाहरु सर्पाकारमा बग्दछन् । रावी नदी ११ पटक र सतलज ९ पटक सिमा पार हुदै भित्रिदै फेरी पार हुन्छन् ।

सेप्टेम्बर १८ मा भारत प्रशासित कास्मीरको उरीमा आर्मी ब्यारेकमा आक्रमण भए पछि आक्रोसित भारतले यी सबै सुरक्षाको उपाय अपनाउने प्रयास गरे पनि कतिपय विज्ञहरुले त्यसले पूर्ण सुरक्षाको अवस्था नहुने औल्याएका छन् ।
विश्वमा अमेरीका र ईजरायलसग‘ मात्रै सिमा सिल गर्ने अत्याधुनिक प्रविधि रहेकाले ईजरायलबाट प्राविधिक सहयोग मागेर आफ्नो देशको पाकिस्तानसग‘ जोडिएको सिमा बन्द गर्ने भारतले तयारी थालेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी