एजेन्सी, २१ असोज । यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाली राष्ट्रपति जुआँ म्यानुअल सान्तोषलाई प्रदान गर्ने भएको छ । नोबेल पुरस्कार समितिले सन् २०१६को नोबेल शान्ति पुरस्कार राष्ट्रपति सान्तोषलाई प्रदान गर्ने निर्णय गरेको हो।
फार्क विद्रोहीसँग शान्तिवार्ता गरी कोलम्बियामा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा उनलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको नोबेल समितिले जनाएको छ।
तर, फार्क विद्रोहीसँगको सम्झौता भने कोलम्बियाली नागरिकले अस्वीकार गरेका छन्। सम्झौताबारे भएको जनमत संग्रहमा सम्झौता अस्वीकृत भएको थियो।
नोबेल समितिले राष्ट्रपति सान्तोषले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउने अपेक्षा पनि गरेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline