गुटेरेस संयुक्त राष्ट्र संघको नयाँ महासचिव बन्ने लगभग निश्चित

गुटेरेस संयुक्त राष्ट्र संघको नयाँ महासचिव बन्ने लगभग निश्चित

  • बिहिबार, अशोज २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 24.1K
    SHARES

एजेन्सी, २० असोज । पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्रसंघको नयाँ महासचिव बन्ने लगभग निश्चित भएको छ ।
१० वर्षसम्म राष्ट्रसंघीय शरणार्थी नियोगको नेतृत्व सम्हालिसकेका ६६ वर्षका गुटेरेस आउँदो वर्षदेखि राष्ट्र संघको महासचिव बन्ने भएका हुन् । गुटेरेसले महासचिव बन्न युरोपियन कमिश्नर बुल्गेरियाकी क्रिस्टलिना जोर्जिवासहित ९ प्रत्यासीलाई पछि पारेका हुन् ।
राष्ट्रसंघको नयाँ महासचिवका लागि बुधबार सुरक्षा परिषदका १५ सदस्यले १० उम्मेदवारका लागि गोप्य मतदान गरेका थिए । मतदानमा कसैले पनि गुटेरेसको विरोध नगरेको बताइएको छ ।
सुरक्षा परिषदका १५ सदस्य मध्ये १३ ले गुटेरेसको पक्षमा तथा दुई सदस्यले नो ओपेनियनमा मत दिएका थिए । मतदानबाट चुनिएका उम्मेदवारको नाम राष्ट्रसंघको महासभामा पठाइने छ । महासभाले नै औपचारिकरुपमा नयाँ महासचिव नियुक्त गर्ने छ ।
दुई कार्यकाल राष्ट्रसंघको नेतृत्व गरेका वर्तमान महासचिव बान की मुनको कार्यकाल आउँदो जनवरीमा सकिँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी