रुसद्धारा सिरीयामा डिफेन्स मिसाईल तयार

रुसद्धारा सिरीयामा डिफेन्स मिसाईल तयार

  • बुधबार, अशोज १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

असोज १९ २०७३, एजेन्सी । रुसले अमेरीकाद्धारा वार्ता भंग गरिएपछि सुरक्षा सतर्कता अपनाउन सिरीयामा डिफेन्स मिसाईल तैनाथ गरेको छ ।

टारटुस तटमा रहेको नौसैनिक अड्डामा एस ३०० नामक हवाई प्रतिरक्षा मिसाईल तैनाथ गरिएको रुसले जनाएको छ ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता ईगोर कोनासेकोवले यो आफ्नो सुरक्षाका लागि मात्र केन्द्रीत भएकाले अरु कोही आत्तिनु नपर्ने प्रष्ट पार्नु भएको छ ।
अमेरीकाले रुससगको वार्ता एकतर्फी रुपमा भंग गरे पछि रुसले सुरक्षा सतर्कता बढाएको छ ।
रुस सिरीयाली राष्ट्रपति बसर अल असदको पक्षमा उभिएको छ भने अमेरीका राष्ट्रपतिलाई अपदस्त गराउन चाहने विद्रोहीको पक्षमा उभिएको छ ।
सिरीयामा विगत पाच वर्षदेखि जारी द्धन्दको क्रममा २ लाख बढी मानिसको मृत्यु भईसकेको छ भने ३० लाख भन्दा बढी विस्थापित भईसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी