अमेरीका र रुसबीचको सिरीया वार्ता रद्ध

अमेरीका र रुसबीचको सिरीया वार्ता रद्ध

  • मङ्लबार, अशोज १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

असोज १८ २०७३ , एजेन्सी । रुस र अमेरीकाबीच सिरीया युद्धको विषयमा जारी वार्ता रद्ध भएको छ । रुसले युद्ध विरामको पालना नगरेको भन्दै अमेरीकाले एकतर्फी रुपमा वार्ता भंगको घोषणा गरेको छ ।
अमेरीकी विदेश मन्त्रालयले रुसले सिरीया सरकारलाई युद्ध रोक्न राजी गराउन पनि नसकेको र आफूले पनि पालना नगरेको आरोप लगाएको छ ।
उता रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया उखारोवाले अमेरीकाले सहमति आफू लागु नगर्ने र दोषजति रुसमाथि थोपर्ने गरेको समस्या भएको बताउनु भयो ।
उहाले वार्ता निलम्बन गर्ने अमेरीकी निर्णय दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नु भएको छ । रुसी विदेश मन्त्री सरगई लाभरोभले सिरीयाली राष्ट्रपतिलाई अपदस्त गर्न अमेरीकाले लडाकु समुहलाई सहयोग गरीरहेको बताउनु भएको छ । अघिल्लो महिना जेनेभामा दुवै देशले युद्ध विराम गराउने सहमति गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी