भारतले भ्रम फैलाईरहेको छः पाकिस्तान

भारतले भ्रम फैलाईरहेको छः पाकिस्तान

  • मङ्लबार, अशोज १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

असोज १८,२०७३ एजेन्सी । पाकिस्तानका सबै राजनीतिक दलहरुको सयुक्त बैठकले कास्मीर मामलामा भारतले निरन्तर भ्रम फैलाएर जनताको हत्या गरीरहेको निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री नवाज सरीफको नेतृत्वमा बसेका सत्तारुढ तथा विपक्षी दलका नेताहरुको सयुक्त बैठक पछि जारी वक्तव्यमा कास्मीरमा भारतले निरन्तर निर्दोष मानिस मारिरहेको र पेलेट गन हानेर ७ सय जना नागरिकको आखाको ज्योति गुमेको समेत उल्लेख गरिएको छ ।
८७ दिनमा १ सय १० जना मानिसलाई मारिएको छ , यो घोर मानव अधिकार र अन्तराष्ट्रिय कानुनको उलंघन हो वक्तव्यमा भनिएको छ ।
कास्मीर भारतको एक अभिन्न अंग नभएको र विवादीत यो क्षेत्रको मुद्धा सुरक्षा परिषद्मा रहेको पनि पाकिस्तानले घोषणा गरेको छ ।
दलहरुको बैठकले सेनाले देखाएको साहस र प्रतिवद्धताको उच्च सम्मान गर्दै भारतले कुनै दखल दिएमा प्रतिकार गर्न सरकारलाई समर्थन दिएको छ ।
बैठकले भारतले सर्जिकल स्ट्राईकको नाममा कास्मीरको ध्यान अन्तै मोड्न झुट्टो प्रचार गरीरहेको पनि जनाएको छ ।
बैठकमा प्रधानमन्त्री नवाज सरीफको दल पाकिस्तान मुल्सिम लिग नवाज, प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपल्स पार्टी , ईमरान खान नेतृत्वको तहरीक ए ईन्साफ लगायतका दलका नेताहरु सहभागी रहेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी