फार्क विद्रोहीसँग भएको सम्झौता कोलम्बियाका जनताद्धारा अस्विकार

फार्क विद्रोहीसँग भएको सम्झौता कोलम्बियाका जनताद्धारा अस्विकार

  • सोमवार, अशोज १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी असोज १७ ।
कोलम्बियाका जनताले सरकार र विद्रोही फार्क समूहबीच भएकोे शान्ति सम्झौता अस्विकार गरेका छन् ।

सरकार र विद्रोही फार्कबीच गत हप्ता भएको ऐतिहासिक शान्ति सम्झौता अनुमोदनका लागि जनमत संग्रह गरिएको थियो । जसमा ५० दशमलव २४ प्रतिशत मतदाताले सम्झौताको विरोधमा मतदान गरेका हुन् ।

राष्ट्रको जीवनकै लागि निकै महत्वपूर्ण मानिएको सरकार र विद्रोही फार्कबीच शान्ति सम्झौतालाई जनमत संग्रहमार्फत मतदाताले अस्विकार गरेको विविसीले जनाएको छ । यो फैसलाले ५२ वर्षको लामो प्रयासपछि गरिएको युद्धविराम सम्झौता संकटमा पर्ने भएको छ ।

चार वर्ष लामो शान्ति वार्तापछि गत हप्ता मात्र राष्ट्रपति जुआन मानुअल सान्तोस र फार्क नेता तिमोलीओन जीमेनेजबीच ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

तर यो सम्झौता कार्यान्वयनका लागि जनमत संग्रहबाट अनुमोदन गर्नुपर्ने व्यवस्था गरिएकाले जनमत संग्रह गर्दा मतदाताले अस्वीकार गरेपछि शान्ति सम्झौता नै संकटमा पर्ने हो कि भन्ने आशंका बढेको छ । फार्क विद्रोही राजनीतिको मूलधारमा आउन ५२ वर्ष लामो सशस्त्र हिंसा त्याग्न तयार भएको थियो ।

साँढे दुई लाखभन्दा बढी जनता मारिएको यति लामो युद्ध अन्त्य गर्दै शान्तिको मार्गमा मुलुकलाई लैजानुको अर्को विकल्प नरहेको राष्ट्रपतिले बताए पनि जनताले यसलाई अस्विकार गरिदिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी