चीनले रोक्यो ब्रम्हपुत्र, भारत संकटमा पर्न सक्ने

चीनले रोक्यो ब्रम्हपुत्र, भारत संकटमा पर्न सक्ने

पाकिस्तानमाथि आक्रमण रोक्न दवाव ?

  • आइतवार, अशोज १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी असोज १६ । चीनले भारतमा ब्रम्हपुत्रको रुपमा चिनिने नदीको मुहान नजिक तिव्वतमा ठूलो जलविद्युत परियोजनाका लागि नदीको पानी रोकिदिएको छ ।
यसले भारत संसकित बनेको छ । सन् २०१२ देखि नै यो परियोजनाको चर्चा भए पछि भारतले चिन्ता व्यक्त गर्दै आएको सन्दर्भमा चीनले अहिले सम्मकै सबै भन्दा मंहगो परियोजनाको रुपमा यो नदी रोकेको हो ।
सिन्ह्वा न्युज एजेन्सीले शनिबार प्रकाशित गरेको रिपोर्ट अनुसार यारलुंग जांगबु नामक सो नदी लाल हो परियोजनाको लागि थुनिएको हो ।
यस परियोजनाका लागि ७ सय ४० मिलियन डलर लगानी गरीसकेको छ ।
सन् २०१४ मा शुरु भएको यो प्रोजेक्ट २०१९ मा पुरा हुने छ ।
भारतले चिन्ता जनाए पनि दुबै देशबीच कुनै पानी सन्धि नभएकाले चीनले स्वतः प्रयोग गर्न सक्ने देखिन्छ । सन् २०१३ मा भएको वार्तामा नदीहरुको समन्वयकारी प्रयोग गर्ने अमुर्त सम्झौता दुवै देशबीच भएको थियो ।
तर भारतले यो विषयलाई चिन्ताको रुपमा लिएको छ ।
ब्रम्हपुत्र नदी भारतको पानी तथा बिजुलीको २४ प्रतिशत जति हिस्सा ओगट्छ ।

कास्मीरबाट बग्ने सिन्धु नदीको विषयमा पाकिस्तान र भारतबीच भएको सम्झौता एकतर्फी रुपमा तोड्ने भारतको घोषणाको प्रतिकृयाको रुपमा पनि यसलाई हेरिएको छ ।

bramhaputra
सेप्टेम्बर १८ को उरी हमला पछि भारतले एकतर्फी रुपमा सिन्धु नदीबारेको सम्झौता तोडिए पछि पाकिस्तान अन्तराष्ट्रिय अदालतमा गएको छ ।

तिव्वतमा शुरु गरिएको परियोजना जाईगेजमा छ र यो भारतको सिक्किमको नजिक पर्दछ । त्याहाबाट भारतको अरुणाञ्चल हुदै यो नदी भारतमा प्रवेश गर्दछ ।

तिव्वतमा मुहान रहेको यो नदीलाई शुरुमा यारलुंग त्संगपो नामले चिनिन्छ । त्यस पछि कैलाश पर्वत र मानसरोबरको दक्षिण पश्चिम तमलुंग त्सो बाट निस्कन्छ । त्याहा यसको नाम ईसेसियाङ राखिएको छ र भारत प्रवेश गरे पछि यो नदीको नाम ब्रम्हपुत्रको रुपमा लिईन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी