सिरियाको एक अस्पतालमा दोस्रोपटक हवाई हमला

सिरियाको एक अस्पतालमा दोस्रोपटक हवाई हमला

  • आइतवार, अशोज १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

एजेन्सी, १६ असोज । सिरियाको अलेप्पोमा सबैभन्दा ठूलो क्षेत्रीय अस्पतालमाथि दोस्रोपटक हवाई हमला भएको छ । सिरियाको विद्रोही नियन्त्रित पूर्वी क्षेत्रमा भएको हवाई हमलाले एक हप्तामा दोस्रोपटक उक्त क्षेत्रको सबैभन्दा ठूलो अस्पताललाई निशाना बनाएको हो ।
अस्पताललाई सहयोग गर्ने सिरियन अमेरिकन मेडिकल सोसवाईटीले अस्पतालमाथि ब्यारल बम प्रहार गरिएको बताएको छ । अस्पतालमाथि यसै हप्ताको बुधबार त्यस्तै किसिमको आक्रमण भएको थियो । बुधबार एम १० अस्पतालमाथि हमला भएपछि त्यहाँ सेवा दिन बन्द गरिएको बताइएको थियो ।
फ्रान्सका स्वास्थ्यमन्त्री जँ मार्क एयरोले स्वास्थ्य संरचना र कर्मचारीमाथि आक्रमण गर्नु युद्ध अपराधसरह भएको भन्दै उक्त आक्रमणको निन्दा गरेका छन् । कुनै समयमा सिरियाको आर्थिक र औद्योगिक केन्द्र रहेको अलेप्पो शहर सन् २०१२ देखि दुई भागमा विभाजित भएको छ ।
सेप्टेम्बर महिनाको १९ तारिखमा एउटा आंशिक युद्धविराम भंग भएपछि रुसी तथा सिरियाली वायु सेनाले अलेप्पोको विद्रोही नियन्त्रित पूर्वी क्षेत्रमाथि फेरि आक्रमण गर्न थालेका छन् । सिरियली सेनाले अघि बढिरहेको बताएको छ तर विद्रोहीहरुले त्यो अस्वीकार गरेका छन् ।
रुसी र सिरियाली हवाई हमलाका कारण यस हप्ता उक्त शहरमा बालबालिका समेत कम्तीमा ४सय जना मारिएको संयुक्त राष्ट्रसंघको भनाई छ । सर्वसाधारणको मृत्यदर बढेपछि त्यसको अन्तर्रा्ष्ट्रिय विरोध भएको छ ।
वाशिंटन र मस्कोले सिरियाका बारेमा विवाद जारी राखेका छन् । सन् २०११ को मार्च महिनामा सिरियामा द्वन्द्व शुरु भएदेखि कम्तीमा २ लाख ५० हजारको मृत्यु भएको छ । ४८ लाख मानिस देश छोडेर भागेका छन् भने करीब ६५ लाख देशभित्रै विस्थापित भएको संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी