अमेरिकाले सिरीयाको विद्राही समूहको संरक्षण गरेको रुसको आरोृप

अमेरिकाले सिरीयाको विद्राही समूहको संरक्षण गरेको रुसको आरोृप

  • शनिबार, अशोज १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी असोज १५ ।
अमेरिकाले सिरियाको बिद्रोही समूहको संरक्षण गरेको रुसले आरोप लगाएको छ । रुसी विदेश मन्त्री सर्गेइ लाभरोभले सिरियाली राष्ट्रपति बसर अल असदलाई पदबाट हटाउनका लागि अमेरिकाले बिद्रोही समूहको संरक्षण गरेको आरोप लगाउनु भएको बिबिसीले जनाएको छ ।

अमेरिकाले अल–नुस्रा फ्रन्टको नामबाट चिनिएको जबह फतह अल शाम समूहलाई साथ नदिने बताए पनि सहयोग गर्न भने नछोडेको रुसी विदेशमन्त्री लाभरोभले बताउनुभयो ।

जबह फतह अल शाम अलकायदासँग सम्बद्ध समूह हो । तर अमेरिकाले भने रुसी आरोपको खण्डन गरेको छ । जबह फतह अल शाम बिद्रोही समूह तथा स्थानीय नागरिकसँग घुलमिल भएकाले उसमाथि आक्रमण नगरिएको अमेरिकाले जनाएको छ ।

रुसले हवाई आक्रमण गरेर उदार बिद्रोहीलाई कट्टरपन्थी गुटमा सामेल हुन बाध्य पार्ने गरेको अमेरिकाले आरोप लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी