एजेन्सी असोज १४ । रुसले सिरीयाली सरकार र सेनालाई आफ्नो समर्थन रहेकाले विद्रोही तथा आतकवादी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण जारी राख्ने घोषणा गरेको छ ।
अमेरीकाले रुसी हवाई आक्रमण रोक्नु पर्ने अपील गरे पछि रुसी राष्ट्रपति कार्यलयका प्रवक्ता दिमित्री पेशकोवले यस्तो जानकारी सार्वजनिक गर्नु भएको हो ।
पेशकोवले उदारवादी विद्रोही र आतंकवादीलाई अलग गर्न अमेरीकालाई आग्रह गर्नु भएको छ ।
अमेरीकी विदेश मन्त्री जोन केरीले एलेप्पोमा रुसी आक्रमण जारी रहेकाले यस्तो अवस्थामा वार्ताको औचित्य नहुने चेतावनी दिनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline