भारतीय सेनाले पाकिस्तानी भूमिमा छिरेर आक्रमण गर्यो , २ पाकिस्तानी सेना सहित ४० जनाको मृत्यु

भारतीय सेनाले पाकिस्तानी भूमिमा छिरेर आक्रमण गर्यो , २ पाकिस्तानी सेना सहित ४० जनाको मृत्यु

  • बिहिबार, अशोज १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी असोज १३ । भारतीय सेनाले पाकिस्तानसग‘को सिमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर ३८ जना संदीग्ध आतंकवादीलाई मारेको दावी गरेको छ ।
साथै एलओसीमा भारतीय पक्षले आक्रमण शुरु गरे पछि भएको गोली हानाहानमा २ जना पाकिस्तानी सेनाको मृत्यु भएको छ ।
पाकिस्तानी रक्षा मन्त्री खावाजा असीफले भीडन्तमा ९ सेना घाईते भएको पनि जानकारी दिनु भएको छ । पाकिस्तानी सेनाले साना हतियार मात्र प्रयोग गरेको उहाले बताउनु भयो ।

भारतीय सेनाका डिजिएमओ रणवीर सिंहले सर्जिकल स्ट्राईक एलओसी क्षेत्रमा रहेका सदिग्ध आतंकवादीहरुलाई निस्तेज पार्न गरिएको र सेना सफल भएको जिकिर गर्नु भएको छ ।
सर्जिकल स्ट्राईक अप्रेसनको नाममा भारतीय सेनाले एक घण्टा भित्र ३८ जना मारेको दावी सेनाले गरेको छ ।
पाकिस्तानसग‘को सिमा क्षेत्र २३ सय १३ किलो मिटर लामो मध्य सात सय ७२ किलो मिटर जम्बु कास्मीरमा एलओसी अन्तर्गत पर्दछ ।
यसैबीच पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफले भारतले एलओसीमा गोली आक्रमण गर्दा २ जना देशका सेना शहीद भएकोमा श्रदाञ्जली व्यक्त गर्दै भारतको निन्दा गर्नु भएको छ ।
पाकिस्तानी टिभीका अनुसार प्रधानमन्त्री सरीफले भारतले पाकिस्तान विरुद्ध खुल्ला अत्याचार गरीरहेको र शान्ति कायम गर्ने आफूहरुको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिनु भएको छ ।
उहाले सिमा क्षेत्रको रक्षा गर्न पाकिस्तानी सेना तयार रहेको बताउनु भएको छ ।
पाकिस्तानको ईन्टर सर्भिस पव्लिक रिलेसन कमिटिले एलओसीमा भारतले युद्ध विरामको उलंघन गर्दै आक्रमण गरेको र देशका २ जना सैनिकको मृत्यु भएको जनाएको छ ।
आज विज्ञप्ति जारी गरी समितिले जम्बु कास्मीरको भिम्बेर ईलाकामा स्थानीय समय अनुसार राति साढे २ बजेदेखि भीडन्त शुरु भएको र बिहान ८ बजेसम्म चलेको जानकारी दिएको छ ।
तर पाकिस्तानी सेनाले भारतले सर्जिकल स्ट्राईकको बारेमा दिएको विवरण झुट्टो भएको दावी गरेको छ ।
साथै विज्ञप्ति मार्फत सेनाले यदी पाकिस्तानी भूमिमा सर्जिकल अप्रेसन भएको भए वा भएमा त्यस्तै अप्रेसन भारतीय भूमिमा गर्ने सन्देश दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी