ट्रम्पद्वारा वरिष्ठ पत्रकार होल्टले पक्षपात गरेको आरोप

ट्रम्पद्वारा वरिष्ठ पत्रकार होल्टले पक्षपात गरेको आरोप

  • बुधबार, अशोज १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, १२ असोज । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपतीय बहसका सञ्चालक वरिष्ठ पत्रकार लेस्टर होल्टले पक्षपात गरेको आरोप लगाएका छन् । ट्रम्पले आफ्ना विपक्षी डेमोक्र्या्टिक उम्मेदवार हिलारी क्लिन्टनलाई भन्दा आफूलाई कडा र धेरै प्रश्न सोधेर कार्यक्रम सञ्चालकले पक्षपात गरेको आरोप लगाएका हुन् । उनले आफ्नो माइक्रोफोनको आवाज समेत तीखो बनाइएको आरोप होल्टमाथि लगाएका छन् । ट्रम्पले अमेरिकी समाचार कार्यक्रम फोक्स एन्ड फ्रेन्ड्समा क्लिन्टनको इमेल प्रकरण र उनका स्क्यान्डलबारेमा केही पनि नसोधिएको भन्दै यसबारे आफू आश्चर्यमा परेको बताए । कार्यक्रम लगत्तै भने ट्रम्पले पत्रकारहरुसँग कार्यक्रम सञ्चालकले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी