एजेन्सी १२ असोज ।
इजरायलका पूर्व राष्ट्रपति शिमोन पेरेजको ९३ वर्षको उमेरमा निधन भएको छ ।
दुई साता अघि मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका उहाको उपचारका क्रममा आज बिहान निधन भएको हो ।
लामो समय इजरायलको राजनीतिमा सक्रिय पेरेजले इजरायल र प्यालेस्टाइनबीच चर्चित ‘ओस्लो सन्धी’ गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
सोही सन्धीपछि सन् १९९४ मा उहालाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । उनी सन् १९४८ मा इजरायल अस्तित्वमा आउँदा नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।
राजनीतिक जीवनमा उहा दुई पटक इजरायलको प्रधानमन्त्री बन्नु भएको थियो एक पटक राष्ट्रपति हुनु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline