कोलम्बियामा चलेको गृहयुद्ध अन्त्य

कोलम्बियामा चलेको गृहयुद्ध अन्त्य

  • मङ्लबार, अशोज ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी, ११ असोज
सरकार र वामपन्थी फार्क विद्रोहीबीच ऐतिहासिक शान्ति सम्झौता भएसंगै कोलम्बियामा ५२ वर्षदेखि चलिरहेको गृहयुद्धको अन्त्य भएको छ । राष्ट्रपति जुवान म्यानुअल सान्तोष र फार्क विद्रोहीका नेता तिमोलियो जिमेनेजले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता हस्ताक्षर कार्यक्रममा शान्ति झल्काउन सबैले सेतो पहिरन लगाएका थिए भने गोली आकारको कलमले सम्झौतामा हस्ताक्षर गरिएको थियो । हस्ताक्षर कार्यक्रममा संयुक्त राष्ट्र संघका महासचिव बान की मुनसहित ल्याटिन अमेरिकी देशका नेताहरु पनि सहभागी थिए । कार्यक्रममा फार्क विद्रोहीका नेता तिमोलियोनले सन् १९६४ मा कम्युनिष्ट पार्टीको शसस्त्र समूहको रुपमा उदाएको समूहले अब हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा लाग्ने प्रतिबद्धता जनाएका छन् । सम्झौताअनुसार फार्क समूह अब राजनीतिक पार्टीका रुपमा स्थापना हुने छ । शान्ति सम्झौतामाथि आगामी अक्टोबर २ तारिखमा जनमत संग्रह हुने छ ।
गृहयुद्धका कारण कोलम्बियामा २ लाख ६० हजार मानिसको मृत्यु हुनुका साथै ६० लाख मानिस विस्थापित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी