विश्वकै ठूलो रेडियो टेलिस्कोप चीनमा सन्चालन

विश्वकै ठूलो रेडियो टेलिस्कोप चीनमा सन्चालन

  • सोमवार, अशोज १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

एजेन्सी ,१० असोज ।

चीनले एक हजार प्रकाश वर्षभन्दा टाढा रहेको अन्तरिक्षबाट समेत जानकारी प्राप्त गर्ने क्षमताको रेडियो टेलिस्कोप सञ्चालनमा ल्याएको छ ।

प्रारम्भिक अवलोकन गरिसकेको सो टेलिस्कोप विश्वकै सबैभन्दा ठूलो रहेको जनाईएको छ ।
उपकरण सञ्चालनमा आएपछि लामो समयदेखि वैज्ञानिक अवलोकनका निम्ति चीनबाहिर जानुपर्ने अवस्था अन्त्य भएको टेलिस्कोप निर्माण योजनाका उप व्यवस्थापक पेङ्ग बोले बताउनुभयो ।

परीक्षणका लागि सञ्चालित सो टेलिस्कोप पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन कम्तीमा पनि तीन वर्ष लाग्ने चिनिँया बैज्ञानिकहरुले जनाएका छन् । टेलिस्कोपले ब्रह्माण्डलाई बुझ्न र पृथ्वीबाहिर अध्ययन गर्न जाने खगोलशास्त्रीलाई मद्दत गर्ने बताइएको छ ।

पाँच सय मिटर ब्यास भएको सो टेलिस्कोपको डिश हजारौँ त्रिकोणात्मक प्यानलहरु मिलेर बनेको छ । जसले अमेरिकाको पुवेर्टो रिकोस्थित ३ सय ५ मिटर ब्यास भएको टेलिस्कोपको कीर्तिमान तोडेको छ ।

वैज्ञानिक अनुसन्धानमा चीन अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी