सिरियामा भइरहेको कार्वाहीबारे रुसले गलत सूचना दियो : अमेरिका

सिरियामा भइरहेको कार्वाहीबारे रुसले गलत सूचना दियो : अमेरिका

  • सोमवार, अशोज १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी ,१० असोज ।
अमेरिकाले सिरियामा भइरहेको कार्वाहीबारे रुसले गलत सूचना दिएको आरोप लगाएको छ । सिररियामा भइरहेको युद्धका बारेमा छलफल गर्न बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठकमा अमेरिकाले यस्तो बताएको हो ।

उसले सिरियामा रुसले गरिरहेको कारवाहीलाई बर्बरताको संज्ञा दिएको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदूत सैमन्था पावरले सिरियामा रुसी कार्वाही आतंकवाद विरुद्धको कारबाही नभएर आम जनता विरुद्धको बर्बरता मात्र भएको दावी गर्नुभयो ।

विपक्षीहरुको आश्रय स्थल एलेप्पोमा रुस र सिरियाली सेनाले स्थल र हवाई दुबै तर्फबाट आक्रमण गरेको भन्दै उहाले हालैको दिनमा मात्र १ सय ५० भन्दा बढी हवाई आक्रमण गरिएको जानकारी दिनुभयो ।

बैठकमा बोल्दै रुसी राजदूत विटाली चुरकिनले सिरियामा शान्ति कायम गर्नु लगभग असम्भव भएको भन्दै विद्रोही पक्षले नै संघर्ष विराम तोडेको आरोप लगाउनु भएको छ ।

सिरियाका लागि राष्ट्रसंघीय विशेष दूत स्टेफान डी मिस्तूराले पनि एलेप्पोमा आतंक नयाँ उचाईमा पुगेको बताउनु भयो । एलेप्पोमा पछिल्लो आक्रमणमा मात्र ५२ जना भन्दा बढी मारिइसकेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी