एजेन्सी ८ असोज ।
अमेरिकाको वासिंगटनस्थित एक सपिङ मलमा अज्ञात व्यक्तिले गोली प्रहार गरी चार जनाको हत्या गरेको छ । घटनामा थुप्रै घाईते भएका छन् ।
वासिंगटनको बर्लिंगटनस्थित सपिङ मलमा प्रवेश गरेका बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी उनीहरुको हत्या गरेको हो ।
हत्यारा भने फरार रहेकाले खोजी भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार बन्दुकधारी लेटिन अमेरिकी रहेको बताइन्छ ।
केही दिनअघि अमेरिकाको सियाटल शहरमा गरिएको आक्रमणमा पनि दुई जना घाईते भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline