पाकिस्तान भारतसँग युद्धको तयारीमा

पाकिस्तान भारतसँग युद्धको तयारीमा

  • शुक्रबार, अशोज ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी ७ असोज ।
काश्मिर विवादका कारण भारत र पाकिस्तानबीच लगातार द्धन्द्ध बढ्दै गएपछि युद्धको संकेत देखिएको छ । दुवै देशले युद्धको तयारी कै झल्को दिने गरी सैन्य गतिविध बढाएका छन् ।

पाकिस्तानी गएराति आफ्ना लडाकु विमान उडाएर युद्धपूर्वको अभ्यास र तयारी गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । पाकिस्तानी पत्रकार जियो न्युजका सम्पादक हामिर मीरका अनुसार इस्लामावादमा गएराति चार ओटा लडाकु विमान उडेका थिए ।

इस्लामावादको आकाशमा एफ १६ विमानले करिब ४–५ फन्को लगाएको जनाइएको छ । यसअघि हिजै भारतीय सेनाले काश्मिरमा हातहतियार तथा बन्दोबस्तीका सामानको तैनाथी बढाएको थियो ।

काश्मिरमा कुनैपनि स्थितिको सामना गर्न भारतीय सेनाले नियन्त्रण रेखामा युद्धका लागि २ सय ५ वटा मध्यम खालका तोप लगायतका हतियार तथा अन्य उपकरण तैनाथ गरेको बिबीसीले जनाएको छ ।

काश्मिरको स्वामित्वको विषयलाई लिएर भारत र पाकिस्तानबीच वर्षौदेखि विवाद छ । पछिल्लो समय विवाद चर्किँदा त्यहाँ कर्पm्यु लगाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी