पाकिस्तानी प्रधानमन्त्रीद्धारा कश्मिरमा भएको मानव अधिकार उल्लंघनका गम्भीर घटनाको छानविनको माग

पाकिस्तानी प्रधानमन्त्रीद्धारा कश्मिरमा भएको मानव अधिकार उल्लंघनका गम्भीर घटनाको छानविनको माग

  • बिहिबार, अशोज ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

एजेन्सी असोज ६।
पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले भारतीय सेनाद्वारा कश्मिरमा मानव अधिकार उल्लंघनका गम्भीर घटना भएको भन्दै अन्तर्रा्ष्ट्रिय छानविनको माग गर्नु भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभा बैठकलाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री शरीफले यस्तो माग गर्नु भएको हो ।

भारतीय सुरक्षाकर्मीले हत्या गरेको बुरहान बानीलाई ‘युवा नेता’ को संज्ञा दिदैं शरिफले स्वतन्त्रताको माग गरेका युवा नेताको हत्या गरेका कारण नै कश्मिरमा पछिल्लो समयमा हिंसा चर्किएको बताउनु भयो ।भारतले भने बुरहानलाई उग्रवादी नेता भन्दै आएको छ ।

भारतले कश्मिरी जनतामाथि अन्याय अत्याचार गरेको पाकिस्तानी प्रधानमन्त्री शरीफको भनाइ थियो । उहाँले कश्मिर विवाद समाधान विना पाकिस्तान र भारतबीच शान्ति र सामान्य सम्बन्ध हुनै नसक्ने जिकिर गर्नु भयो ।

कश्मिरमा उठिरहेको स्वतन्त्रताको माग दमन गर्ने क्रममा भारतले सो क्षेत्रमा पाँच लाखभन्दा बढी सेना परिचालन गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्री शरीफले पछिल्लो दुई महिनामा एक सयभन्दा बढी नागरिकको हत्या भएको, सयौं नागरिकलाई अन्धो बनाइएको र ६ हजारभन्दा बढी नागरिकलाई घाइते तुल्याइएको आरोप लगाउनु भएको छ ।

उनले कश्मिरमा भारतले गरेको दमन र अत्याचारको प्रमाण पाकिस्तानले राष्ट्रसंघका महासचिवलाई उपलब्ध गराउने समेत चेतावनी दिनु भएको छ । अवैध कब्जाबाट कश्मिरी जनताले मुक्ति खोज्नु उनीहरुको हक भएको प्रधानमन्त्री शरिफले उल्लेख गर्नू भयो ।

भारतले भने पाकिस्तानी प्रधानमन्त्रीको यस्तो भनाइको खण्डन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी