मानवीय सहायता सामग्री बोकेका ट्रकमा आक्रमण,१२ को मृत्यु

मानवीय सहायता सामग्री बोकेका ट्रकमा आक्रमण,१२ को मृत्यु

  • मङ्लबार, अशोज ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

एजेन्सी ,४ असोज ।

सिरियाका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा फसेका नागरिकका लागि सहायता सामग्री बोकेर जाँदै गरेका ट्रकमाथि हवाई आक्रमण हुदा १२ जनाको मृत्यु भएको छ ।

एलेप्पो शहर नजिकै बिद्रोहीको नियन्त्रणमा रहेका नागरिकका लागि सहायता सामग्री लिएर जाँदै गरेका ३१ ट्रकमा ५ वटा मिसाईल आक्रमण भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसिले जनाएको छ ।

मृत्यु हुनेमा सवारी चालक र सहायता सम्बन्धी काम गर्ने स्वयम्सेवक रहेका छन् । ट्रकमा झण्डै ७८ हजार सिरियाली नागरिकका लागि सहायता सम्बन्धी सामग्री रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सिरीयाली सेनाद्धारा अमेरिका र रुसको मध्यस्ततामा गरिएको एकसाताको युद्धबिराम समाप्त भएको घोषणा गरेको केही घण्टामै हवाई आक्रमण भएको हो ।

सिरियामा कार्यरत बेलायती मानवअधिकाबादी संस्थाले हवाई आक्रमण सरकारी वा रुसी सेनाको गरेको बताएको छ ।

यसैबीच, अमेरिकाले घटनाप्रति आपत्ति जनाउदै पछिल्लो आक्रमणले सिरियामा शान्ति स्थापनाकालागि आफूले गरेको हालसम्मको प्रयास असफल भएकोे बतँएको छ । सिरियामा शान्ति स्थापना बारे अमेरिका र रुसले आज पनि न्युर्योकमा छलफल गर्दैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी