कंगोमा हिंसा भड्कँदा १७ जनाको मृत्यु

कंगोमा हिंसा भड्कँदा १७ जनाको मृत्यु

  • मङ्लबार, अशोज ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी असोज ४ ।

अफ्रिकी मुलुक कंगोमा राष्ट्रपति जोसेफ काबिलाको राजीनामा माग गर्दै भएको हिंसा भड्कँदा १७ जनाको मृत्यु भएको छ । मारिनेमा तीन जना सुरक्षाकर्मी पनि रहेको बताइएको छ ।

राष्ट्रपति काबिलाले निर्वाचन घोषणा नगरेकाले राजीनामा दिनुपर्ने माग गर्दै प्रदर्शकारीहरुले राजधानी किनसासामा सरकारविरुद्ध नाराबाजी सहित प्रदर्शन गरेका थिए ।

राजधानी किनसासामा प्रदर्शकारीले ठाउँठाउँमा आगजनी गर्नुका साथै सरकारी कार्यालयहरुमा समेत तोडफोड गरेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको हो ।

कंगोको निर्वाचन आयोगले नोभेम्बरमा निर्वाचन मिति घोषणा गर्ने बताए पनि राष्ट्रपतिले आनाकानी गर्दै आएको प्रदर्शनकारीहरुको आरोप छ ।

प्रदर्शनकै क्रममा १० जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी