भारतले कुनै कदम चाले कडा जवाफ दिन तयार रहेको पाकिस्तानी सेना प्रमुख राहिलको चेतावनी

भारतले कुनै कदम चाले कडा जवाफ दिन तयार रहेको पाकिस्तानी सेना प्रमुख राहिलको चेतावनी

पाकिस्तानद्धारा सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरुलाई भारतले गरीरहेको कास्मीर हिंशा रोकाउन पत्राचार

  • मङ्लबार, अशोज ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी असोज ४ । पाकिस्तानले भारतले कास्मीरमा हिंशा मच्चाईरहेको भन्दै त्यसलाई रोक्न दवाव दिन सुरक्षा परिषद्का पाच स्थायी सदस्य राष्ट्रहरुलाई पत्राचार गरेको छ ।

प्रधानमन्त्री नवाज सरीफले चीन, रुस, फ्रान्स, बेलायत र अमेरीकालाई पत्राचार गरी कास्मीरको विषयमा ध्यान दिन आग्रह गर्नु भएको हो ।
झण्डै तीन महिना यता कास्मीरमा भारतीय प्रशासनले कफ्र्यु लगाएको छ भने ८० जना भन्दा बढी मानिसको हिंशामा परी मृत्यु भईसकेको छ ।
यसैबीच भारतका १८ सैनिकको ज्यान जाने गरी विद्रोही समुहले आक्रमण गरेपछि क्रुद्ध बनेको भारतले त्यसको दोष पाकिस्तानमाथि लगाउदै कार्बाहीको चेतावनी दिए पछि पाकिस्तानी सेनाले कडा प्रतिकृया जनाएको छ ।
पाकिस्तानी सेनापति जनरल राहिल सरीफले भारतले प्रोपोगण्डा मच्चाएर प्रत्यक्ष या अप्रत्यक्ष रुपमा कुनै कदम चाले त्यसलाई जवाफ दिन सेना तयार रहेको चेतावनी दिनु भएको छ ।
आर्मी जनरल स्टाफको बैठकमा भारतले कुनै कार्बाही गरे हुने सैन्य अप्रेसनल रणनीतिका लागि छलफल भएको र सबै तयारी उत्तम रहेको सेनापति जनरल सरीफले प्रतिकृया दिनु भएको छ ।
पाकिस्तानी जनता र सेनाले कुनै पनि दुष्मनको प्रोपोगण्डा र आक्रमणलाई निस्तेज पार्ने छ , सेनापति राहिलको भनाई उद्धृत गर्दै पाकिस्तानी अखबारहरुले समाचार प्रकाशित गरेका छन् ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तान आतंकवादी राज्य भएको टिप्पणी दिए पछि पाकिस्तानभर त्यसको विरोध भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी